रामकुमार पण्डित क्षेत्रीपुरस्कार
एउटा प्रतिष्ठित साहित्यिक संस्थाले पुरस्कार दिने निधो गर्यो । सकेसम्म निष्पक्ष होओस् भनेर त्यस संस्थाले अत्यन्तै सजगता अपनायो । देशभरि अत्यन्त सरल र इमान्दार अनि उत्कृष्ट साहित्यिक व्यक्ति भनेर चिनिएको मान्छेलाई पुरस्कार दियो ।
पुरस्कृत व्यक्तित्वमा कुनै खोट थिएन । निष्पक्ष पुरस्कार दिन सकेकोमा त्यस संस्थाका पदाधिकारीहरू प्रसन्न थिए ।
तर जति नै निष्पक्ष गरे पनि के गर्नु ? दुई–चार दिनपछि गाइँगुइँ चल्न थाल्यो—
“फलानो इमानदार भनेर चिनिएको मान्छे पनि बेइमान भएछ । त्यस्तो मान्छेले नि चाकडी गरेर पुरस्कार लिएछ । थुक्क !”
सिमलटार, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest








































