साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी गएपछि

Nepal Telecom ad

तिमी जाँदा ’जाऊ परपर भई’ भन्न सकिनँ
तिमी जाने बाटो टुलटुलु गरी हेर्न सकिनँ ।
तिमी मेरो आस्था तनमन र यो जीवन थियौ
तिमी यो छातीमा हरदम हुने धड्कन थियौ ।

र्गयौँ वाचा खायौँ कसम, किरिया मन्दिर पसी
सँगै बाँच्ने मर्ने कतिकति र्गयौँ भाकल पनि ।
सँगै बाँड्थ्यौँ हामी पुलकित भई दुःख र सुख
सँगै बस्दै खान्थ्यौँ कुसुम, जमुना, काफल खुब ।

पछ्यौरीले पुछ्थ्यौ नयन डिलमा आँसु बहँदा
सबै चिन्ता भुल्थ्यौँ हरबखतमा साथ रहँदा ।
सँगै बाँच्ने मर्ने कसम कसरी तोडिन गयौ ?
चखेवाको जोडी भन न कसरी छुट्टिनगयो ।

पर्राईको बन्दा मनभरि खुसी साँच्न सकिनँ
तिमीले भत्कायौ हृदयतट यो बाँच्न सकिनँ ।
ढल्यो आँधी आई प्रिय प्रणयको ताजमहल
व्यथा मेरो बुझने सकलजगमा को छ र अब ?

जुरेली सोध्दै छे मसँग सँगिनी साथ नहुँदा
धुपी, सल्ला रून्छन् धुरूधुरू गरी आज म रुँदा ।
तिमी टाढा जाँदा मधुवन सधैँ शून्य छ बुझ्यौ
मुना जस्तै माया किनकिन चुँडी कङ्क्रिट बन्यौ ।

मलाई गाह्रो भो हरप्रहरमा चोट सहन
कसैले सक्तैनन् मृदुल मनको घाउ सिउन ।
तिमी जस्तै आफैँ सकिनँ कहिल्यै पत्थर हुन
नमर्नू बाँच्नू यो धुकधुक रह्यो आखिर किन ?

धुजा र्पायौ मेरो सरस सुखको जीवन किन ?
कलेजीको पीडा नयन जलले लेख्न सकिनँ
जगत्मा साँचो यो प्रणय नभए जीवन छ र ?
झुटो माया गर्ने बदनियतले बन्छ र घर ?

रुवाई जानेले पलपल रुने आउँछ दिन
नआऊ त्यागेको हृदयपथमा कुल्चिन पुनः ।
सबै पीडा तिम्रो स्मरण र चिनो ठान्दछु अब
म एक्लै नै बाँच्ने दृढ प्रण यही गर्दछु अब ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आशङ्का

आशङ्का

नारायण निरासी
दपेट्ने अरू छन्

दपेट्ने अरू छन्

नारायण निरासी
आह्वान गीत

आह्वान गीत

नारायण निरासी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x