साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३६० औँ शृङ्खला

Nepal Telecom ad

साहित्य सन्ध्याको ३६० औँ शृङ्खला जेठ १ गते शनिवार राजधानीमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री त्रिलोचन ढकालद्वारा लिखित ‘व्रतैव्रत र महिला हिंसा’ कृतिमाथि टिप्पणी डा.विन्दु शर्माले गर्नु भएको थियो ।

चालिस जना कविले कविता वाचन गरेको विशेष कविगोष्ठीको रूपमा सम्पन्न उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । अतिथिका रूपमा प्राज्ञ विष्णु प्रभात, प्रगतिशील लखक सङ्घकी उपाध्यक्ष डा.विन्दु शर्मा, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ सदस्य डा.षडानन्द ढकाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, विवेच्य कृतिका लेखक त्रिलोचन ढकाल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, अतृप्त पाण्डेय, पुण्य गौतम ‘विश्वास’, मणिराज सिंह, वेदमणि घिमिरे, राममणि पोखरेल, रेशम विरही, यशोदा अधिकारी उपस्थित हुनु हुन्थ्यो ।

समालोचक डा.विन्दु शर्माले ‘व्रतैव्रत र महिला हिंसा’ कृतिका बारेमा टिप्पणी गर्नु हुँदै निराहार व्रत बसे पतिको आयु बढ्छ भन्ने भ्रमबाट मुक्त हुनु पर्ने र तीजका नाममा तडकभडक पूर्ण प्रदर्शनबाट टाढा रहनु पर्ने बताउनु भयो ।

प्राज्ञ विष्णु प्रभातले सांस्कृतिक रूपान्तरण भनेको दृष्टिकोण निर्माणको प्रश्न रहेको बताउँदै विश्वास र अन्ध विश्वास दुइटैलाई साथ लिएर अगाडि जान सकिँदैन भन्नु भयो । उहाँले अन्ध विश्वास र भ्रमलाई कसरी विस्थापित गर्ने भन्ने कुरा नै विकल्प निर्माण हो र युवा लक्षित कार्यक्रम गरी विज्ञानसम्मत चिन्तन अभियानको थालनी आवश्यक हुन्छ भन्नु भयो

कृतिका लेखक त्रिलोचन ढकालले समाजमा विद्यमान पितृसत्ता र त्यसलाई नारीहरूले स्वीकार गर्ने कारणको जड भनेको संस्कार हो भन्नु भयो । उहाँले संस्कृति धर्मभन्दा फरक छ र यसको संरक्षण आवश्यक पनि छ तर अन्ध विश्वासलाई भने पूर्णतः हटाउनु आवश्यक रहेको बताउनु भयो ।

गोष्ठीको आरम्भमा वरिष्ठ प्रगतिवादी साहित्यकार रामप्रसाद प्रदीपको असामयिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने रमेश पोखरेलले प्रगतिवादी स्रष्टा ऋषिराम शर्माको कविता वाचन गरी उहाँप्रति सम्मान र सम्झना गरिएको थियो ।

बालकवि नम्रता श्रेष्ठको कविताबाट कविता वाचन प्रारम्भ गरिएको थियो भने बालकविहरू प्रलिसा अधिकारी, प्रजिसा सत्याल र प्रनिशा रेग्मीले कविता वाचन गरेका थिए । त्यसै गरी अन्य कविहरू मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, पूर्ण विराम, बैरागी जेठा, अभ्यस्त यात्री, भोलानाथ सुवेदी, नवराज श्रेष्ठ, सुरज आचार्य, अतृप्त पाण्डेय, डा.अतीन्द्र दाहाल, हरिमाया भेटवाल, ब्रह्मप्रिय प्रेमस्वरूप, मणिराज सिंह, पुण्य गौतम ‘विश्वास’, डा.षडानन्द पौडेल, गोविन्द नेपाल, प्रशान्त खरेल, बलराम विष्ट, वेदमणि घिमिरे, रेशम विरही, अशोक कुँवर, जयन्ती स्पन्दन, भावना न्यौपाने, रामकुमार पण्डित, मधुशूदन पन्थी, डम्बरध्वज लिम्बू, प्रदीपरत्न शाक्य, विजया स्मृति, विष्णुप्रभा उपाध्याय, रत्ननिधि रेग्मी, परशुराम पराजुली ‘पराशर’, यशोदा अधिकारी, यदुनाथ वसन्तपुरे, लीलाराज दाहाल, गीता सापकोटा, चूडा निर्भीक र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित रचनामाथि र विवेच्य कृति समेतमाथि प्रा.जगत् उपाध्याय प्रेक्षितले टिप्पणी गर्नु हुँदै संस्कृतिको विषय व्यापक छ, यसको रूपान्तरण जटिल कुरा पनि हो, त्यसमा पनि जन भावनामा परिवर्तन गर्नु ज्यादै कठिन कुरा हो भन्नु भयो ।

गोष्ठीका सभाध्यक्ष राम विनयले सहभागीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धता सहित गोष्ठीको समापन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x