नन्दलाल आचार्यहैकमी परम्परा
जम्ला हात गरेर मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश्री घोले पनि तीतै बाँकीरहन्छ । जति भर्न खोजे पनि उसको झोला आधाको आधै रहन्छ ।
सुटबुट उसकै छ । मीठो–मसिनो उसकै थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ । त्यसैले त ऊ हाकिम बनेको छ । कली अवतारको रूपमा जनमानसमा साम्राज्य जमाउन सकेको छ ।
जम्ला हातको साटो कसैले एउटै हात उठाउन खोज्यो भने सुरुआतमा तलको कानून लागू गर्छ । धुलै चटाएर मात्रै छाडिदिन्छ । त्यत्तिले तह नलागे प्रचलित कानूनको सहारा लिन्छ । भएन भने माथिकहाँ लम्पसार पर्छ । समस्या समाधान हुँदै नभए झोलितुम्बा बोकेर तोकिएको नयाँ जग्गामा सर्छ । र, आफ्नो हैकमी परम्परालाई निरन्तरता दिई नै रहन्छ ।
तपेश्वरी–१, उदयपुर
Subscribe
Login
0 Comments
Oldest










































