साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैकमी परम्परा

Nepal Telecom ad

जम्ला हात गरेर मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश्री घोले पनि तीतै बाँकीरहन्छ । जति भर्न खोजे पनि उसको झोला आधाको आधै रहन्छ ।

सुटबुट उसकै छ । मीठो–मसिनो उसकै थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ । त्यसैले त ऊ हाकिम बनेको छ । कली अवतारको रूपमा जनमानसमा साम्राज्य जमाउन सकेको छ ।

जम्ला हातको साटो कसैले एउटै हात उठाउन खोज्यो भने सुरुआतमा तलको कानून लागू गर्छ । धुलै चटाएर मात्रै छाडिदिन्छ । त्यत्तिले तह नलागे प्रचलित कानूनको सहारा लिन्छ । भएन भने माथिकहाँ लम्पसार पर्छ । समस्या समाधान हुँदै नभए झोलितुम्बा बोकेर तोकिएको नयाँ जग्गामा सर्छ । र, आफ्नो हैकमी परम्परालाई निरन्तरता दिई नै रहन्छ ।

तपेश्वरी–१, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x