साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांगीतिक एवम् साहित्यिक कार्यक्रम

Nepal Telecom ad

काठमाडौंं, असार ४ । शनिवार काठमाडौँ बालाज्यूको ढुङ्गेधारामा अवस्थित श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशालामा ‘सांगीतिक एवम् साहित्यिक कार्यक्रम’ आयोजना गरियो ।

कार्यक्रममा साहित्यकार किशोर पहाडीले एकल कविता, मुक्तक, कथा वाचन गरेका थिए भने विभिन्न वरिष्ठ व्यक्तित्वहरूद्वारा शास्त्रीय गायन तथा गजलहरू गाइएको थियो । पहाडीले कविता, कथा पढ्दा पनि वातावरणमा लाइभ सङ्गीत बजाइएको थियो ।

कार्यक्रमको शुरुमा हालै दिवङ्गत हुनुभएका संगीतज्ञ अम्बर गुरुङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
गुरुकुलका गुरु तिलक पेलाले शास्त्रीय गायनको विकासका लागि आफूले दुई दशकअघि श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला स्थापना गरेको कुरा स्पष्ट पारेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x