साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिडियाखाना

Nepal Telecom ad

“हेर त पुड्के, त्यो बाँदर हो”– लाटोले आफ्नो छोरालाई चिडियाखान भित्रको बाँदर देखायो। शारीरिक रूपमा बाठो भए पनि गरिबीले अर्थात् उसकै भाषामा कर्मले ठगिएर उसको नाम लाटो भएको हो ।

के खाइरहेको छ बा त्यो बाँदरले ? स्याउ, सुन्तला, अङ्गुर…. लाटोले छोटो जवाफ दियो । अलिपर पुगेपछि पुड्केले खीर र मासुको थुप्रो देखाउँदै सोध्यो– बा त्यो बिरालोले के खाँदैछ ? यसपटक लाटोलाई निकै नरमाइलो लाग्यो । अघिल्लो बेलुकी लाटोले एउटा डल्लो ढिँडो तीनजना छोराछोरीहरूलाई बाँडेर खुवाएको र आफू बूढाबूढीले मकैको खोले खाएर सुतेको सम्झ्यो । लाटोले बल्ल पृथ्वी घुमेको थाहा पायो ।

बा हेर त त्यो कुकुरले मासु खाँदैछ…., त्यो स्यालले पनि मासु खाँदैछ …., त्यो चराले चना र चामल खाँदैछ… । पुड्केले घटुक्क थुक निल्दै भन्यो– बा मलाई पनि त्यहीँ राख है, म घर जान्न के !

“चूप लाग् !” लाटोलाई आफ्नो पितृत्वप्रति बिछट्टै घृणा लाग्यो र बेहोसीमै छोरोलाई लतार्दै चिडियाखानाबाट बाहिर निस्कियो ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x