डा.रवीन्द्र समीरउत्तरोत्तर

“यस्तो खडेरी त कहिल्यै परेको थिएन । दुई दिन बर्सात होस त, छ महिना खर्च धान्ने तरकारी रोप्छु !“ समबयी बृद्धहरु गफ गर्दै थिए ।
म अगाडि बढें फटाफट ।{{read_more}}
… … “एउटा लौकाको सय रुपियाँ, एक किलो दालको
दुइ सय रुपियाँ ….दश हजारको कमाइले त तरकारी खान पनि नपुग्ने भो ।“ समबयी प्रौढ़हरु साग बोकेर हिंडिरहेका थिए ।
म अगाडि बढें फटाफट ।
“यो देशमा बसेर भबिष्य छैन ! अमेरिका वा अस्ट्रेलिया सेटल हुने बिचार छ ।“ समबयी युबाहरू भबिष्यको रेखा कोर्दै थिए ।
म अगाडि बढें फटाफट ।
“मसलादार फिल्म लागेको रहेछ….भोलि पढाइसढाइ बात ।“ समबयी किशोर किशोरीहरु गफिँदै थिए ।
म अगाडि बढें फटाफट ।
“भोलि ड्याडीलाई बन्दुक किनिदिन भन्छु अनि सबैलाई गोलीले उडाऊंछु ।“ समबयी बालबालिका तोते बोलीमा लोली मिलाउँदै थिए ।
म झस्कें र उभिएँ ठिंग ।
Subscribe
Login
0 Comments
Oldest








































