सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिर्सियौ

Nepal Telecom ad

तिमी त निष्ठुरी मान्छेको मोल पनि बिर्सियौ
जन्मेर हुर्केको आफ्नो भूगोल पनि बिर्सियौ ।{{read_more}}

चरा गाउँछन् सधैँ बिहानी लिएर आउँछन्
आमाले सिकाएको मीठो बोल पनि बिर्सियौ ।

हामी सबै मिलिकन उठायौँ घरको धुरी
मूल खाँबो बोकेको बलियो नोल पनि बिर्सियौ ।

रमाउँदै धुले मोटोमा सिन्को लुकाई खेलेको
गुच्चा खेल्दै हुर्केको गाउँटोल पनि बिर्सियौ ।

अचेल मुहार प्रफुल्ल छ, जताततै मुस्कान छ
रूँदारूँदै भिजेको सिरानीको खोल पनि बिर्सियौ ।

तिमीलाई सस्तो भो रे पाँचतारे होटलको बास
कोदोको ढिँडो अनि गुन्द्रुकको झोल पनि बिर्सियौ ।

युवा छँदाका तिम्रा आदर्श खै ! ती सिद्धान्तहरू ?
सधैँ बोकिहिँडेको हँसिया र मार्तोल पनि बिर्सियौ ।

फिदिम, पाँचथर
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के युवा ?

के युवा ?

रेहित सैजु
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले