साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सियौ

Nepal Telecom ad

तिमी त निष्ठुरी मान्छेको मोल पनि बिर्सियौ
जन्मेर हुर्केको आफ्नो भूगोल पनि बिर्सियौ ।{{read_more}}

चरा गाउँछन् सधैँ बिहानी लिएर आउँछन्
आमाले सिकाएको मीठो बोल पनि बिर्सियौ ।

हामी सबै मिलिकन उठायौँ घरको धुरी
मूल खाँबो बोकेको बलियो नोल पनि बिर्सियौ ।

रमाउँदै धुले मोटोमा सिन्को लुकाई खेलेको
गुच्चा खेल्दै हुर्केको गाउँटोल पनि बिर्सियौ ।

अचेल मुहार प्रफुल्ल छ, जताततै मुस्कान छ
रूँदारूँदै भिजेको सिरानीको खोल पनि बिर्सियौ ।

तिमीलाई सस्तो भो रे पाँचतारे होटलको बास
कोदोको ढिँडो अनि गुन्द्रुकको झोल पनि बिर्सियौ ।

युवा छँदाका तिम्रा आदर्श खै ! ती सिद्धान्तहरू ?
सधैँ बोकिहिँडेको हँसिया र मार्तोल पनि बिर्सियौ ।

फिदिम, पाँचथर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x