साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्डा युद्ध

Nepal Telecom ad

मैले लिलिपुटको राजधानी पिल्डेन्डो घुम्नका लागि सम्राटसँग अनुमति मागें । उसले मलाई अनुमति त दियो तर त्यहाँ घुम्दा ज्यादै सावधानी अपनाउनु पर्छ नि ! भनेर मलाई height= सावधान पनि गरायो । ऊ मेरो कारणबाट उसका जनता डराउने स्थिति नआओस् भन्ने चाहन्थ्यो । म भने त्यो सहर घुम्न पाएकोमा र आंशिक रूपमै भए पनि सम्राट्को दरवार देख्न पाएकोमा म ज्यादै प्रफुल्ल पनि थिएँ । आंशिक रूपमा किनभने म ज्यादै ठुलो भएकाले त्यस दरवारभित्र पस्न सक्दिनथें तर त्यस महलका झ्यालहरूबाट भित्र चिहाएर हेर्न भने सक्दथेँ । मैले त्यहाँ भित्र जे जति देख्न पाएँ त्यसबाट म अत्यन्तै हर्षित पनि भएँ । 

म दुई हप्ता जति मिल्डेन्डो बसें । एक दिन सम्राट्को एउटा मन्त्री मलाई भेट्न आयो । ऊ बडो चिन्तित देखिन्थ्यो । आउना साथ उसले मलाई उसको छिमेकी मुलुक ब्लेफुस्क्युसँग युद्ध हुन लागिरहेको कुरा बताउँदै त्यस युद्धमा मेरो सहयोगको आवश्यकता परेको कुरा बतायो । उसले मलाई युद्ध हुनुपर्ने कारणबारे पनि विस्तारमा बतायो । युद्ध हुनाको कारण पनि बडो विचित्रको रहेछ । मलाई त्यस सैन्य र अरू लघुमानवहरूले युद्ध अन्डा खाने तरिकाका बारेमा भएको विवादका कारण हुन लागेको बताए । 

मलाई उनीहरूबिच हुन लागेको युद्धको कारण थाहा पाउँदा त गज्जबै लाग्यो ! उनीहरू अन्डा खाने ठिक तरिका के हो भन्ने बारे चिन्तित रहेछन् । यसअघि चाहिँ लिलिपुट र ब्लेफुस्क्युका मानिसहरू अन्डाको ठुलो पट्टिको भागबाट फुटाएर खानु उपयुक्त हो भन्ने बारे सहमत रहेछन् तर एक दिन चाहिँ सम्राट्को हजुर्बाले अन्डा छोडाउँदा उसको हातमा चोट लागेछ । त्यसपछि त्यस सम्राट्ले सबै लिलिपुटका नागरिकलाई अबदेखि अन्डा सानोपट्टिबाट फुटाउनू भनेर उर्दी गरेछ तर जनतालाई भने यो उर्दी मनपरेनछ । त्यसैले कतिपयले भने त्यस शाही उर्दीको अवज्ञा गरेछन् । यसका कारण त्यहाँ ठुलो गृहयुद्ध नै भएछ । युद्धमा थुप्रै जनता हताहती पनि भएछन् । सम्राट्को मन्त्रीले मलाई बताए अनुसार ब्लेफुस्क्युले भने त्यस गृहयुद्धमा विप्लवीहरूलाई समर्थन गरेको रहेछ र थुप्रै विप्लवी राजद्रोहीहरू ब्लेफुस्क्युतिर बस्न पनि गएछन् । 

अहिलेको यो परिस्थिति भने निकै गम्भीर नै थियो, किन भने यसै कारणबाट ब्लेफुस्क्यु र लिलिपुटका बिच युद्ध छेडिएको थियो । यस अन्डायुद्धमा हजारभन्दा बढी नागरिकहरू मारिएका थिए । त्यस सरकारी मन्त्रीले ब्लेफुस्क्युले लिलिपुटमाथि आक्रमण गर्ने योजना बनाइरहेको छ भन्ने कुरा पनि मलाई बतायो र उसले सम्राट्ले यस परिस्थितिमा मेरो सहयोग चाहेको कुरा पनि थप्यो । मैले पनि सम्राट्लाई सहयोग गर्न तयार रहेको कुरा भनें । 

ब्लेफुस्क्युका जलसेनाले समुद्रतिरबाट लिलिपुटमाथि आक्रमण गर्ने योजना बनाइरहेका रहेछन् । ती दुई मुलुकबिचको दूरी समुद्रबाट त्यस्तै तिनसय मिटर जति हुँदो हो । ब्लेफुस्क्युका सबै युद्धक जहाजहरू तयारी अवस्थामा थिए अनि उनीहरू त्यस युद्धमा हाम्रै विजय हुनेछ भनेर ढुक्क पनि थिए । शत्रुलाई पराजय गरेर लिलिपुटलाई सहयोग पु¥याउने मेरो आफ्नै योजना छ भन्ने कुरा मैले लिलिपुट सम्राट्लाई बताएँ । 

मैले साँझ पर्ने बेलासम्म पर्खें । त्यसपछि जब साँझ प¥यो अनि म केही डोरीहरू लिएर यी दुई मुलुकको सिमाना छुट्टिएको ठाउँनेर समुद्रकिनारामा पुगें । त्यहाँ पानी पनि उति गहिरो रहेनछ । त्यसैले म समुद्रमा हिँड्दै गएँ । यस बेला मैले दुस्मनका वाणबाट आफ्ना आँखा बचाउनका लागि चस्मा लगाएको थिएँ । त्यहाँ पुगेर मैले ब्लेफुस्क्युका प्रत्येक जहाजमा डोरीले बाँधें । 

ब्लेफुस्क्युका नाविकहरू मलाई देख्दा डरले पुरै आत्तिए । उनीहरू त मलाई देखेर अत्तालिँदै समुद्रमा फाल हानेर पौरन थाले । मैले जहाजका सबै डोरीहरू हातमा लिएँ र ती ब्लेफुस्क्यु सेनालाई तान्दै लिलिपुटतिर ल्याएँ । लिलिपुटका जनताले ब्लेफुस्क्युका जलसेना देखेपछि उनीहरूले त अब आक्रमण सुरु भएछ भन्ठाने । उनीहरू ज्यादै डराएका थिए । त्यसपछि मैले ब्लेफुस्क्युका जहाजहरू लिलिपुटतिर तान्दै ल्याएको देखेपछि भने लिलिपुटका जनता ज्यादै खुसी भए । सम्राट्ले त मलाई नायककै उपाधि दियो । लिलिपुट सम्राट्ले मलाई ब्लेफुस्क्युविरुद्धको त्यस युद्धमा जान अरायो । म भने युद्ध नचाहने मान्छे, म त्यति धेरै जनता युद्धमा मरून् भन्ने चाहन्नथें । सम्राट मेरा कुरा सुनेर औधि नै रिसायो । त्यसपछि त मलाई उसले मनपराउनै छोड्यो । 

ब्लेफुस्क्युका केही मन्त्रीगण पनि लिलिपुट आए । मैले उनीहरूसँग केही कुरा गरें । {{read_more}} उनीहरूले पनि मलाई उनीहरूको मुलुक घुम्न आउनका लागि निम्तो दिए । मैले निम्तोका लागि उनीहरूलाई धन्यवाद दिएँ अनि सम्राट्सँग ब्लेफुस्क्यु घुम्न जानका लागि अनुमति लिने विचार गरेर भनें – “ब्लेफुस्क्युका मन्त्रीहरू मलाई उनीहरूको मुलुक घुम्न जाऔं भन्दैछन्, के मलाई अनुमति छ सम्राट् ?”

जवाफ दिनुअघि सम्राट्ले बडो बेवास्तासाथ मलाई हे¥यो र भन्यो – “हुन्छ जान सक्छौ !”
म त्यस सम्राट्को मप्रतिको चिसोपन देखेर छक्क परें । मलाई त हामी दुवै असल मित्र हौं भन्ने पो लागेको थियो । उसलाई फेरि सहयोग गर्नका लागि मलाई चाँडै नै एउटा सुअवसर मिल्यो । एक रात म मस्त सुतिरहेको थिएँ । मध्य रातमा ठुलो खैलाबैला सुनेर ब्युँझें । थुप्रै मान्छेहरू कल्याङमल्याङ कराइरहेका थिए अनि मलाई पनि बोलाइरहेका थिए । सम्राट्का केही मन्त्रीहरू मकहाँ आए र मलाई दरबारमा ठुलो आगलागी भएको जानकारी गराए । यो सुनेर म दरबारतिर दौडिँदै गएँ । जताततै आगो आगो रहेछ, धेरै मानिसहरू आगो निभाउन बाल्टीका बाल्टी पानी खन्याउँदै थिए तर आगो भने झन् सङ्ग्रालिँदै गइरहेको थियो । यसले सबै दरबार सखाप पार्ने सङ्केत गरिरहेको थियो । त्यही बेला मलाई एउटा राम्रो उपाय सुझ्यो । 

मैले त्यस साँझ भक्कु वाइन धोकेर सुतेको थिएँ । मेरो पालो आगलागी हुँदै गरेको दरवारमाथि पिसाब फेर्न थालें । पिसाबले त दरबारमा लागेको आगो सबै झ्यापझुप्पै निभ्यो । मेरो त्यस कार्यले दरबार भष्म हुनबाट जोगियो । म मैले गरेको त्यस कार्यबाट निकै खुसी पनि थिएँ । 

त्यसपछि पो मैले झट्ट सम्झें त्यस लिलिपुट राज्यको महत्वपूर्ण एउटा नियमबारे ! त्यस कानुनले दरबार परिसरभित्र पिसाब गर्नु एउटा मृत्युदण्डयोग्य अपराध मान्दथ्यो । अब भने मलाई बडो चिन्ता लाग्यो, तर त्यस सम्राट्ले मलाई एउटा सन्देश पठाएछ । उसले सन्देशमा मैले गरेको त्यो अपराधलाई क्षमा गर्न न्यायालयमा आदेश पठाउन सक्ने कुरा उल्लेख गरेको रहेछ । मैले पछिबाट थाहा पाएँ सम्राज्ञी चाहिँ मैले गरेको अपराधका कारण ज्यादै रिसाएकी रहिछे । यसै कारण मलाई घृणा गर्न थालिछे । उसले कहिल्यै दरबार पनि नफर्कने निर्णय गरेकी रहिछे ।

गुलिभरको भ्रमणबाट अनु. : गंगाप्रसाद अधिकारी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x