धनराज गिरीहल्लागीत

गर्नुहोला सबै काम उतैतिर सोधी
नत्र भने होला खल्लो पाँच बर्षे रोदी
रिमोट हो दिल्ली सधैं नेपाल हो टी भी
पाए भारु रमाउने हाम्रा बुद्धिजीवी {{read_more}}
इतिहास भूगोल नै सधैं पराधीन
ठूले तिम्रो कुरा सुन्न मानिदैन घीन
आशीर्वाद तिम्रो पाए चल्छ हाम्रो सास
हामी सबै आफन्त हौँ उतै अन्तिम बास
किन धाक लगाउने ?किन गर्ने फुर्ति ?
तिम्रै खैनी मीठो लाग्छ प्यारो उही सुर्ती
परम्परा रीतिरिवाज सबै अनुरुप
सुम्पेकै हो तिमीलाई नदी खोला कुप
च्यातिएको हाम्रो मन सिलाइदिने हो कि ?
तिम्रो भूगोल यतैतिर मिलाइदिने हो कि ?
मूख्यमन्त्री बन्न पाए पुग्यो हामीलाई
“जय हिन्द “ भन्न पाए पुग्यो हामीलाई
कति खप्ने किचिर मिचिर कति धान्ने मन्दी ?
आलो घाउ बनेको छ तिम्रो नाकाबन्दी
घुम्न आऊ पशुपति लानेछु म रोदी
आशीर्वाद देऊ मलाई हे “नरेन्द्र मोदी”
चितवन
Subscribe
Login
0 Comments
Oldest






































