साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए दाइ जाने हो ?

Nepal Telecom ad

भोटाहिटीतिर जाँदैथेँ  height=
रत्नपर्कको चक्कर खाँदैथेँ 
बाटो यसो गम्दैथेँ {{read_more}}
कविताको कल्पनामा रम्दैथेँ 
एउटी तरुनी स्कुटीमा  आई
मतिर फर्कदै भनी हाइ 
म अलमल परेको देखपछि भनी 
ए दाइ जाने हो 
जाने भए यै स्कुटीमा लाने हो 
यो बिजिनेसमा भर्खर भर्खर लाग्याछु 
त्यसैले मार्केटमा सस्तो रेट राख्याछु 
किन हिच्किचाउनु हुन्छ 
घरको खाना कति खाने हो 
ए दाइ जाने हो ?
जाने भए आफ्नै फ्ल्याटमा लाने हो ।  

कति खेसरी दिनहुँ खाने हो 
कहिलेकाहीँ दाल फेरीफेरी खानु पर्छ 
घरको शिकार कति गर्ने 
यसो बाहिर पनि शिकार गर्न जानु पर्छ 
ए दाइ जाने हो 
कति लजाको केटी जस्तो 
जाने भए आफ्नै घरमा लाने हो ।  

जाने भए ढुक्क हुनुस् 
सुरक्षित आफ्नै ठाउँ छ 
चौकिदारी गर्ने हाम्रै साउ छ
बाहिरबाट भर्खर राजधानी सर्या हो 
नयाँ मार्केट भएर मात्र विज्ञापन गर्या हो 
तपाईं त केटी जस्तो शर्माउनु भो 
नछुँदा पनि हिटर जस्तो गर्माउनु भो 
ए दाइ जाने हो ?
जाने भए आफ्नै गाडीमा लाने हो । 

बियर पनि तानौला 
रोस्ट पनि हानौला 
एक रात भए पनि हजुरलाई 
आफ्नै महादेव मानौला 
एक पटक नियालेर हेर्नुस् त कस्ती छु 
फिल्ममा खेल्ने हिरोइन जस्ती छु 
बढ्याछु पढ्याछु 
मस्त खाएर कति दिन बाटोमा लड्या छु 
कहिले राती कहिले दिनमा पनि व्यस्त छु 
डराउनु पर्दैन म पुरा पुरा स्वस्थ छु 
ए दाइ जाने हो ?
जाने भए आफ्नै स्कुटीमा लाने हो । 

यत्रो लामो बसाइमा यहाँ 
गजबको नयाँ कुरा भोगेँ 
कविता कता हरायो हरायो 
त्यै हिरोइन बारे यो कविता ठोकेँ । 

दाङ, हाल  : काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x