साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मसाने कुकुर 

Nepal Telecom ad

“दोभानतिर नजाओ है ! मसाने कुकुरले टोक्ला फेरि त्याँ !!” भनेर आमाले कति सम्झाउनुहुन्थ्यो । तर हामी उरण्ठेउलाहरूलाई भनेर कहिल्यै लागेन । {{read_more}} घट्टे दोभानमा height= पौडी खेल्न त कति गैयो गैयो । साँझ फर्कने बेलामा भने मसाने कुकुरको त्रासले एक सासमा कुदेर घर आइन्थ्यो । प्रायःजसो त्यो डरलाग्दो कुकुर कुनै ढाँडमा लुकेर बस्दथ्यो । घरगाउँका पाल्तु र भुस्याहा गाउँचाहारा कुकुरभन्दा मोटो थियो । यामानको ध्वासे थुतुनो भएको हुनाले उल्का डर लाग्थ्यो । 

कतिपय समुदायले मृत शरीर जलाउँछन ।कतिले खल्डोमा गाड्छन । मसाने कुकुरलाई भोक लाग्दा दिउँसो गाडेको शव उधिनेर राती खान्थ्यो । जलाउँदा जलाउँदै दाउरा सकिएर मलामिले लास ठोस्ठास गर्दागर्दै पनि बास्ना खप्न नसकेर ढाँडबाट फुत्त निस्केर तान्न आउँथ्यो । मान्छेको मासु खान पल्केको त्यो कुकुर घाट वरपर खुब ओहोरदोहोर गर्थ्यो । 

अचेल मसाने कुकुर गाउँ पसेको छ । अझ शहर नै पनि पसिसक्यो । उसले मान्छेलाई ध्वाँस दिन थालेको छ । अचेलका आमाबालाई त्यसको ख्याल पटक्कै छैन । शहरमा आजभोली हरेकदिन केटाकेटी हराउँछन । उनका अंगप्रत्यङ्ग हराउँछन । सायद त्यो मसाने कुकुर केन्द्रीय निकायहरूमा पसेको छ ।

२०७४÷१०÷७
फेदिकुना लमजुङ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x