साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको ९१औँ शृङ्खला 

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक कार्यक्रमको ९१ औँ आख्यान वाचन कार्यक्रम २०७४ चैत्र १७ गते शनिबार सम्पन्न गरेको छ ।{{read_more}}  height=प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा कृषि विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कैलाशनाथ प्याकुरेलको प्रमुख आतिथ्य थियो भने अन्य अतिथिहरूमा शालग्राम अधिकारी, राममणि पोखरेल र सुरेन्द्र चालिसे हुनुहुन्थ्यो । यस कार्यक्रममा कृषिविज्ञ शालग्राम अधिकारीद्वारा लिखित कृषिकर्मीहरूका लागि अति उपयोगी पुस्तक ‘व्यावसायिक अग्र्यानिक खेती’ प्रमुख अतिथिबाट विमोचन भयो । नियमित आख्यान वाचनतर्फ भने कथाकारहरू भूधरा उपाध्यायले ‘गुड फ्राइडे’, प्रमोद प्याकुरेलले ‘ढाडे’, सुशील आचार्यले ‘कर्मको खेल’, चिरञ्जीवी आचार्यले ‘सन्तुष्टि’, रमेश भट्टराई पुजारीले ‘मनपेट’, शारदा पराजुलीले ‘तारेभिरमा तस्बिर’, ऋचाले ‘परावर्तन’, कुसुम शर्माले ‘आक्रोस’ र शालग्राम अधिकारीले ‘डा. परिमल’ शीर्षकका कथा एवम् लघुकथाहरू वाचन गर्नुभएको थियो । 

कार्यक्रमका अतिथि शालग्रामले प्रा. डा. कैलाशनाथ प्याकुरेलको परिचय दिनुभई आफ्नो विमोचित पुस्तक पढिदिएर यसको उपयोगिताको महत्व बुझिदिन अनुरोध गर्नुभयो भने प्रमुख अतिथिले सुरभिलाई उत्तरोत्तर प्रगतिको लागि कामना भन्दै शालग्रामले लेखेको यो पुस्तक बढी उपयोगी भएको हुँदा यसको महत्व हाम्रो जस्तो कृषिप्रधान देशका हरेक किसानका लागि रहेको छ, साथै सुरभि साहित्य प्रतिष्ठानले आख्यान पुरुष रमेश विकलको क्षेत्रमा कथा वाचन कार्यक्रम गरेको अति मन परेको र कथाको रसस्वादन गरी आनन्द लिएकाले खुसी लागेको कुरा व्यक्त गर्नुभएको थियो । 

प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको यस कार्यक्रममा वाचित कथाहरूको समीक्षा भने सचिव अच्युत घिमिरेले गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x