साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो सानो जिज्ञाशा

Nepal Telecom ad

कुमारहरू आफ्नै पौरखमा
घुमे पटक पटक सुमेरु पर्वतहरू
घुमे भाइ गणेशहरू पनि
शिव पार्वतीहरूलाई र
भने
‘त्वमेव सर्व देव देव’
अनि पाए प्रथम पुज्य वरदान ।

….र
आठ रोटी पतिलाई दिनू
पति नभए छोरालाई दिनू
छोरा नभए मित छोरालाई दिनू
मित छोरा पनि नभए
खोलामा बगाउनू
अहँ !
कतै भेटिएन
महिनाभरि पढिएको स्वस्थानी वर्तकथामा
तैपनि छोरीलाई दिनू ।

विधानजसै युगौँदेखि मानिदै आएको
सुन्दै सुनाउँदै आएको र
चुपचाप गर्दै आएको यही हो
पहिलो पूजा गणेशकैै गर्छौं
हिजो पनि आज पनि
आठ रोटी, सुपारी र प्रसादका टुक्राहरू
बगाइरहेछौँ उसैगरी आज पनि ।

मेरो सानो जिज्ञाशा !
अव घोषणा हुने भनिएको
सङ्घीय÷समावेशी विधानमा
संशोधन हुन्छ कि हुँदैन ?
गणेशले पाएको प्रथम पुज्य वरदान ।
रोक लगाइन्छ कि लगाइँदैन ?
आठ रोटी खोलामा बगाउन ।
रोक लगाइन्छ कि लगाइँदैन ?
आठ रोटी खोलामा बगाउन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x