साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिलासमा गणतन्त्र

Nepal Telecom ad

प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाउ स्वर्गबासी भए
बडा बाउ कासी गए
काका सन्यासी भए
तर कसैले प्रजातन्त्र नै देखेनन् ।
फेरि लोकतन्त्र खोज्दै
तल्लाघरे कान्छा लापत्ता भए
माथिल्लाघरे माइला बेपत्ता भए
तर कसैले लोकतन्त्र पनि भेटेनन् ।
एक दिन
मस्तिस्कमा एउटा बत्ती बल्यो
गणतन्त्र खोज्ने झोंक चल्यो
जनयुद्वमा फाटेको कमिज
जनआन्दोलनमा काटेको प्यान्टसित
भाउजूले पकाएको केही रोटी
काकीले बनाएको अचार बोकी
नहर हुँदै
पहर हुँदै
सहर पसेँ
गनतन्त्र खोज्दै
कहिले धर्मशाला बसेँ
कहिले पेटीमै बसेँ
कहिले सिंहदरबार कुदेँ
कहिले शितल निवास कुदेँ
भित्र छिर्न बालुवाटारसँग जुदेँ
खोज्नु खोजेँ गणतन्त्रलाई
ठूलो पर्खाल ठडाएकाले हो कि
सुरक्षा बल लगाएकाले हो कि
तर कतै भेट्न सकिएन गणतन्त्रलाई ।
एक दिन
भोकले रन्थन्निएको बेला
मान्छेहरूको ठूलै भीड देखेँ
भीडलाई धकेल्दै खुट्टा टेकेँ
नेतै नेताको भीडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जाँदा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसँग साटासाट हुँदैथियो
साँझ यस्तै अर्को पार्टीमा
गिलासमा गणतन्त्र
ह्वीस्की र रोस्टसँग बाटाबाट हुँदैथियो
र, गजबको कुरो
गिलास समाएर चियर्स गर्नेहरू
नोटले भोट साट्नेहरू
जनतालाई सपना बाट्नेहरू
उही पुराना
उही नयाँ सामन्तीहरू नै थिए ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x