साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोखिम उठाउनै पर्छ !

Nepal Telecom ad

कालो अँध्यारोमा देखिन्छ
उसको शरीरको पहेंलो बुट्टा
र फैलँदै–फैलँदै जान्छ
पहाड, उपत्यका र तराई
(कस्तो चमत्कार हो यो !
बिस्तारै–बिस्तारै एउटा देश
परिणत हुन्छ जङ्गलमा
घनघोर जङ्गलमा)
रगतको स्वाद सम्झेर
जब–जब निस्कन्छ ऊ
आफ्नो वासस्थानबाट
कसैले चिन्दैन उसलाई
किनभने उसले आफ्नो अनुहारमा
भिरेको हुन्छ
एक अलौकिक शान्तिको मखुन्डो
शान्ति छ पाठशालामा
अस्पताल, गाउँ, क्याम्पस, सडक, खेत,
सहर, पसल, फुटपाथ, विश्वविद्यालय,
कार्यालय, गल्ली,
घर र आँगनमा
तर यो के हो !
चारैतिर फैलिएको छ
तीव्र पाशविक गन्ध
भरखरै देखियो उसको पुच्छर काठमाण्डौमा
चितवनमा दाँत
पोखरामा पन्जा
जनकपुरमा आँखा
पाटनमा जुँगा
भक्तपुरमा नङ्ग्रा
एउटा भयावह उपस्थितिले छोपेको छ
सम्पूर्ण देशलाई
(अक्षर–अक्षर, शब्द–शब्द,
वाक्य–वाक्य अर्थात् पूरै भाषाले
प्रश्न गरिरहेछ कवितालाई
को हो ऊ !
ऊ को हो ?)
उसको विषयमा कविता लेख्नु
खतराले भरिएको हुन्छ
यो मलाई थाहा छ
तर खतरा कति बढेको छ भने
एउटा कविले
हिंस्रक दन्तपङ्क्तिको विषयमा
कविता लेख्ने जोखिम
उठाउनै पर्छ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x