साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् सम्पादक

Nepal Telecom ad

एक दिन,
महान् सम्पादकको बुआकी फुपूकी नातिनी ज्वाईंकी जेठी सासू,
एउटा भुसतिघ्रेलाई लिएर
फरिया स्याहार्दै सम्पादकज्यूकहाँ पुगिन्
र सोर्स लगाइन्
ल न बाबु,
यो मेरी बहिनीकी जेठानीको दाजुको सालोलाई
यसो तिम्रो छापामा लेखसेख लेख्न मिलाई देऊन,
महिनाको पाँचसात वटा पनि छापिदियौ भने त
पाँचसात हजार त कमाइहाल्छ
यसो बेला मौकामा गाउँतिरको शुद्ध घ्यूस्यू पनि ल्याइदिहाल्छ
आफ्नोे नजिकको नातेदार हो,
आप्mनाले मौका पाएको बेलामा आप्mनालाई नगरे कसलाई गर्नु ?
त त्यसमाथि तिम्रो बेपत्ता चलेको छापा,
जस्तो पाङदुरेलाई छापे पनि के फरक पर्छ र
केको डर
उसो त यो नजान्ने पनि होइन
दिनभरि छापाहरू नै ओल्टाई पल्टाई बस्छ ।

महान् सम्पादकज्यूले
आफ्नो अखवारको प्रशंसा सुनेर गदगद हुँदै भने–
कस्ता कस्ता कको ठाउँमा ख लेख्न नजान्नेलाई
लेखक बनाएँ र विशेष पारिश्रमिक दिएँ
कथाकारलाई व्यङ्ग्यकार बनाएँ
उद्योगपति, व्यापारी साराका सारालाई विषय विशेषज्ञ बनाएँ
तुकबन्दी गर्नेलाई गजलकार एवम्
समालोचकलाई वातावरणविद् बनाएँ
कविता नबुझ्नेहरूलाई कवि बनाएँ
क्यै नलागे एकादशी र पूर्णिमाकै
बारेमा भए पनि लेख्न लगाएर दक्षिणा टकर्याएँ
यिनी त देख्दै बलियाबाङ्गा छन्,
लेखिहाल्लान् नि ।

भद्र महिला दङ्ग पर्दै आशिष दिँदै उठिन् र जान थालिन्
र जाँदाजाँदै महान् सम्पादज्यूले सोधिहाले
साँच्ची ! यिनी कामचाहिँ के गर्छन् नि ?
महिलाले फरिया स्याहार्दै गर्वका साथ भनिन्–
त्यो नयाँ बानेश्वर चोक छैन,
हो त्यहीँ फुटपाथमा अखवार फिँजाएर बेच्छन् ।

जनकपुरधाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x