मुन पौडेलमहान् सम्पादक
एक दिन,
महान् सम्पादकको बुआकी फुपूकी नातिनी ज्वाईंकी जेठी सासू,
एउटा भुसतिघ्रेलाई लिएर
फरिया स्याहार्दै सम्पादकज्यूकहाँ पुगिन्
र सोर्स लगाइन्
ल न बाबु,
यो मेरी बहिनीकी जेठानीको दाजुको सालोलाई
यसो तिम्रो छापामा लेखसेख लेख्न मिलाई देऊन,
महिनाको पाँचसात वटा पनि छापिदियौ भने त
पाँचसात हजार त कमाइहाल्छ
यसो बेला मौकामा गाउँतिरको शुद्ध घ्यूस्यू पनि ल्याइदिहाल्छ
आफ्नोे नजिकको नातेदार हो,
आप्mनाले मौका पाएको बेलामा आप्mनालाई नगरे कसलाई गर्नु ?
त त्यसमाथि तिम्रो बेपत्ता चलेको छापा,
जस्तो पाङदुरेलाई छापे पनि के फरक पर्छ र
केको डर
उसो त यो नजान्ने पनि होइन
दिनभरि छापाहरू नै ओल्टाई पल्टाई बस्छ ।
महान् सम्पादकज्यूले
आफ्नो अखवारको प्रशंसा सुनेर गदगद हुँदै भने–
कस्ता कस्ता कको ठाउँमा ख लेख्न नजान्नेलाई
लेखक बनाएँ र विशेष पारिश्रमिक दिएँ
कथाकारलाई व्यङ्ग्यकार बनाएँ
उद्योगपति, व्यापारी साराका सारालाई विषय विशेषज्ञ बनाएँ
तुकबन्दी गर्नेलाई गजलकार एवम्
समालोचकलाई वातावरणविद् बनाएँ
कविता नबुझ्नेहरूलाई कवि बनाएँ
क्यै नलागे एकादशी र पूर्णिमाकै
बारेमा भए पनि लेख्न लगाएर दक्षिणा टकर्याएँ
यिनी त देख्दै बलियाबाङ्गा छन्,
लेखिहाल्लान् नि ।
भद्र महिला दङ्ग पर्दै आशिष दिँदै उठिन् र जान थालिन्
र जाँदाजाँदै महान् सम्पादज्यूले सोधिहाले
साँच्ची ! यिनी कामचाहिँ के गर्छन् नि ?
महिलाले फरिया स्याहार्दै गर्वका साथ भनिन्–
त्यो नयाँ बानेश्वर चोक छैन,
हो त्यहीँ फुटपाथमा अखवार फिँजाएर बेच्छन् ।
जनकपुरधाम
Subscribe
Login
0 Comments
Oldest






































