साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्ध्या पुरस्कार तथा सम्मान स्रष्टा पौडेललाई

Nepal Telecom ad

२०४२ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ यस वर्ष प्रगतिवादी साहित्यकार, स्तम्भकार एवम् सामाजिक रूपान्तरण height= अभियानका प्रखर अभियन्ता आनन्दराम पौडेललाई प्रदान गरिने भएको छ । {{read_more}} तिस वर्ष निजामति सेवामा सेवा गरी पूर्व प्रशासकसमेत रहेका पौडेल साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा कलम चलाउने र समसामयिक विषयमा व्यङ्ग्यार्थ सम्प्रेषण गर्ने प्रखर एवम् क्रियाशील स्रष्टा हुन् । राज्यसत्ताले मुलुक र जनताका पक्षमा काम गर्नुपर्दछ र समग्र विकृति र विसङ्गतिको अन्त्य गरिनुपर्दछ भन्ने मान्यताका साथ निर्भीकतापूर्वक कलम चलाउने पौडेल मूलतः कवि हुन् त्यसपछि लघु कथाकार, व्यङ्ग्यकार र निबन्धकार हुन् । 

वि.सं.२०१२ साउन ४ गते मकवानपुर जिल्लाको नामटारमा आमा चन्द्रकुमारी र बुबा पं.टीकाप्रसाद उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका पौडेल विगत चार दशकदेखि नेपाली प्रगतिवादी साहित्यको साधनामा क्रियाशील रहेका छन् । उनको यो अविच्छिन्न क्रियाशीलताका लागि २०७४ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गरिने भएको छ । यो रु.१५,०००।– (पन्द्र हजार) राशिको सम्मान तथा पुरस्कार यही २०७५ भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा प्रदान गरिने छ । साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट सम्मानित हुने उनी पैँतिसौँ स्रष्टा हुन् । सन्ध्याका सल्लाहकार वासुदेव अधिकारीको संयोजकत्वमा डा.फणीन्द्रराज निरौला र डा.भागवत आचार्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा साहित्यकार पौडेललाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । 

त्यसैगरी साहित्य सन्ध्याको हरेक महिनाको शृङ्खलामा प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या–हरिप्रिया हरि मासिक नियात्रा पुरस्कार’ प्राप्त गरिसक्नुभएका निम्नानुसार व्यक्तित्वहरूलाई पनि सोही दिन सम्मानपत्र प्रदान गरिने छ । स्रष्टा छनौटका लागि राम विनय, बलराम अधिकारी, प्राज्ञ श्री नर्मदेश्वरी सत्याल, देवकी के.सी., अच्युत घिमिरे र डा.सावित्री श्रेष्ठ रहेको समिति बनेको थियो ।        
स्रोत : राम विनय 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x