साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म प्रधानमन्त्री भएको भए

Nepal Telecom ad

केपी ओलीका ठाउँमा म प्रधानमन्त्री भएको भए मोदीले बोलाउनेबित्तिकै भारतको भ्रमणमा जाने थिइनँ । {{read_more}} केही समय चीन जाने हल्ला चलाउँथेँ  height=अनि मात्रै भारत जान्थेँ । गएर पनि चुपचाप मोदीको स्वागत खाएर फर्कन्नथेँ, नेपाललाई लगाएको नाकाबन्दीका विरुद्ध माफी मगाएर मात्रै आउँथेँ । माफी नमागे पनि एक–दुई शब्द बोल्न लगाएरै छाड्थेँ । शब्दले नभए बडी ल्यांग्वेजबाटै भए पनि माफी मगाएझैँ त गराउँथेँ, गराउँथेँ । अनि मात्र उनलाई नेपाल आउने निम्ता दिन्थेँ । निम्ता पनि उनले भनेकै दिनका लागि नदिई एक दिन भए पनि अघि वा पछि पारेर दिन्थेँ । मानेनन् भने मात्रै उनले तोकेको मितिलाई स्वीकार गर्थें ।

म प्रधानमन्त्री भएको भए मोदीलाई सीधै काठमाडौँ आउनूस् भन्थेँ । आउँदिनँ भने भने ‘हस् त हस्’ भन्थेँ । तर, उनलाई स्वागत गर्न भन्दै लुरुक्क परेर जनकपुर जान्नथेँ । उनले जनकपुरमै भेटौँ भनेर कर गरेपछि मात्रै जनकपुर जान्थेँ । जनकपुरै गए पनि म दौरा–सुरुवालमा जान्थेँ । कुर्ता–पाइजामै लगाउनुपरे पनि मोदीको भन्दा अलि भिन्नै कलरको लगाउँथेँ । 

म प्रधानमन्त्री भएको भए तीन ठाउँमा नागरिक अभिनन्दन गराएर राष्ट्रियता धरापमा पर्न दिन्नथेँ । दुई ठाउँमा नागरिक अभिनन्दन र एक ठाउँमा नगर अभिनन्दन गराउँन्नथेँ । दुई–दुई वटा नगरको बडेमाको साँचो मोदीलाई म किन टक्र्याउँथेँ ? बढीमा एउटा नगरको मात्रै साँचो दिने थिएँ । दुइटा वा तीनैवटा नगरको साँचो दिनुपरे पनि सानो साइजको मात्र दिन्थेँ । 

एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्री ओलीलाई मोदीले ‘कोली’ भनेर ठूलो अपमान गरे । तिनले झुक्किएजस्तो गरेर वास्तवमा हियाएर जिस्क्याएका हुन् । म प्रधानमन्त्री भएको भए तुरुन्तै नियमापत्ति गरेर बोली सच्याउन लगाउँथेँ । सच्याउन नलगाए पनि मोदीलाई त्यस्तै अनुप्रास मिलाएर मनमनै भए पनि मनपरी गाली गरेर बदला लिन्थेँ ।

ओलीले मोदीलाई नमस्कार गर्दा झुकेर गरेनन् भन्ने भनाइ उनका समर्थकहरूको छ । तर, वास्तवमा उनको मन पूरै लम्पसार परेको थियो, उनी निहुरिन पनि खोज्दै थिए । ढाडको समस्याले गर्दा मात्रै शरीर नै झुकेन । म प्रधानमन्त्री भएको भए त्यसरी मनमनमा पनि झुक्ने थिइनँ । ओलीका समर्थकहरूले प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मोदीलाई उपहार दिँदा मोदीले निकै झुकेर उपहार लिँदै गरेको तस्बिरलाई खुब प्रचार गरे । म भएको भए त्यो उपहार दिँदा भुइँमा टुक्रुक्क बसेर दिन्थेँ र मोदीलाई भुइँसम्मै झुकाइदिन्थेँ । राष्ट्रको शिर ठड्याउन जान्नुर्पयो नि !

म प्रधानमन्त्री भएको भए मोदीलाई भेट्न उनी बसेको होटलसम्म धाएर जाने थिइनँ । निवासमै बोलाउँथेँ । उनी आउन मानेनन् भने मात्रै होटलमा जान्थेँ । होटलमा गए पनि म उनलाई पहिला नमस्कार गर्ने थिइनँ, उनले गरेपछि मात्रै फर्काउँथेँ । जसरी पनि म माथि नै पर्थें ।

म प्रधानमन्त्री भएको भए मोदीसँग आउन लागेका सुरक्षाकर्मीको संख्या पहिले नै सोध्थेँ र उनले ल्याउन लागेको संख्यामा २र३ जना घटाउन लाउँथेँ । यसरी म प्रधानमन्त्री भएको भए देशको शिर पूरै ठाडो पार्ने थिएँ । नेपाली जनताको दुर्भाग्य ! म प्रधानमन्त्री छैन र मजत्तिको राष्ट्रवादी व्यक्ति कहिल्यै यो देशको प्रधानमन्त्री हुने छाँट पनि छैन ।

‘नेपाल’ जेष्ठ ७, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x