सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनुपमको साहित्यिक अनुष्ठान 

Nepal Telecom ad

२०७५ आश्विन २० गते । लक्ष्मीनारायण मन्दिर सन्तोषिनगरमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको चौहत्तरौँ रचना वाचन सम्पन्न भयो । {{read_more}} प्रतिष्ठानले कार्यक्रमको आकर्षण बढाउन हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको छैटौ महिनामा हास्यव्यङ्गको पालो परेको  height=हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । संस्थाका बरिष्ठ उपाध्यक्ष भुवनहरि सिग्देल ज्यूको अध्यक्षतामा भव्य रूपमा कार्यक्रम सम्पन्न भयो । काठमाडौ उपत्याकाको पश्चिम भागमा रहेको एक मात्र साहित्यिक संस्थामा रोचक ढङ्गबाट स्रष्टाहरूले रचना वाचन गरे । रचनाहरू राष्ट्रभक्ति भावले भरिपूर्ण भएका, जनचेतना मूलक, सामाजिक बिक्रिति बिरुद्धका विषयमा प्रहार गरिएका गजल, लघुकथा तथा कविता पनि वाचन गरिएको थियो । 

भजनघरमा रचना वाचन कार्यक्रम भएकोले सबैभन्दा पहिला ज्ञानु सुवेदी, विष्णु पोखरेल, रमा रिमाल, निर्माल खनाल, सुनिता सिग्देल, पवित्रा दाहाल र कालीचरण बस्नेतले भजन गाउनु भएको थियो । त्यसपछि मात्र रचना वाचन प्रारम्भ भएको थियो ।  

सो अवसरमा रचना वाचन गर्नेमा डा.बमबहादुर थापा जिताली, बिनुबाबा घिमिरे, कालीचरण बस्नेत, भुवन शिवाकोटी चौघरे, रुद्र अधिकारी, जगदीश्वर पोखरेल, हरि खनाल, दुर्गा रिमाल अधिकारी, लक्ष्मीप्रसाद मिश्र, पूर्णप्रसाद पन्त, सूर्यवदना पण्डित, सूर्यकुमार पण्डित, सानु शर्मा, लीलाधर पाण्डे, रामप्रसाद जोशी, घिमिरे मैदेली, भाग्यशाली अधिकारी हुनुहुन्थ्यो ।

यसै गरी आफ्ना रचना वाचन गर्ने स्रष्टा ठाकुरप्रसाद प्रधान, खगेन्द्र खोल्साघरे, पुरुषोत्तम सिग्देल, सुधा ढकाल, जनार्दन अधिकारी धड्कन, डिल्लीराज अर्याल, शीतल गिरी, लक्ष्मीकुमार कोइराला, बालकृष्ण सुवेदी, मेघराज ढकाल, लक्ष्मी बस्नेत, सीताराम अधिकारी, निर्मल पराजुली, भुवनहरि सिग्देल, पुरुसोत्तम पौडेल रसुवा, रामबहादुर पहाडी, उदास काकीैर्, ित्रभुवनचन्द्र वाग्ले, डम्बर घिमिरे, केशवराज अर्याल, जनकराज अधिकारी, उमेश पाण्डे, जितु खड्का हुनुहुन्थ्यो । 
                     
सो अवसरमा भद्र श्रोताको भूमिका निर्वाह गर्नेमा महेश्वर पोखरेल, खिलबहादुर भण्डारी, बुद्धिप्रसाद सेढाई, रत्नपरसाद सिग्देल, नानीमाया पोखरेल, ईश्वरी न्यौपाने, कृष्णप्रसाद रिमाल, वेदकुमारी सिग्देल, जगन्नाथ सिग्देल र पवन पोखरेल हुनुहुन्थ्यो । संस्थाका संरक्षक सदस्य लक्ष्मीप्रसाद मिश्रलाई संरक्षक सदस्यताको प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अतिथि शीतल गिरीले हरेक विधाका ज्ञाता राखेर समीक्षा गराउँदा अझ आकर्षण बढ्ने थियो, रचना सक्तिशाली र पाठकको मन छुने खालको हुनु पर्छ भन्नु भयो । कृष्णबहादुर कुँवरले रचना वाचन कार्यक्रमको सम्मान र स्वागत गर्नु भएको थियो । महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नुहुँदै अभ्यागतहरूको स्वागत तथा २०७५ सालको वडा दशैको शुभकामना व्यक्त गर्नु भएको थियो । 

सभाध्यक्ष भुवनहरि सिग्देलले कविता बढीमा ६ श्लोक सम्म वाचन गर्न उपयुक्त हुन्छ अभ्यागत स्रष्टायहरू संस्थाका वैभव हुन् भन्दै सहभागी स्रष्टाहरूलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समाप्त भएको जानकारी गराउनु भयो । कार्यक्रम सञ्चालन संस्थाका सचिव जितु खड्काले आकर्षक शैलीमा गर्नु भएको थियो ।
–जगदीश्वर पोखरेल
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad