साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटा जन्मजयन्तीमा कविता वाचन

Nepal Telecom ad

काठमाडौँ, कार्तिक १० गते । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीको  height={{read_more}} कार्यक्रमा प्रा.डा. कुमारप्रसाद कोइरालालाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरियो । 

कार्यक्रममा प्रमुख अतिथि कुलपतिले यस वर्षको पहिलो कार्यक्रममा नै महाकविप्रति श्रद्धासुमन व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सामाजिक सेवा अभियन्ता शिक्षामा राम्रो योगदान पुराउनुभएका प्रा.डा. कुमार कोइरालालाई सम्मान प्रदान गरिएकोमा प्रतिष्ठानलाई धन्यवाद भन्दै यसबाट धेरैलाई काम गर्ने प्रेरणा मिलेको छ, भन्नुभयो । कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको मुकुन्द न्यौपानेको ‘मनको आँखा’ हाइकु सङ्ग्रहको विमोचन पनि गरिएको थियो । यो कविसम्मेलनमात्र नभएर कविहरू तयार गर्ने कार्यशाला नै भएको विचार व्यक्त गर्दै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो । सो कार्यक्रममा प्रा.डा. कुमार कोइरालाले सम्मानित भएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । 

चार दर्जन बढी स्रष्टाहरूले भाग लिनुभएको सो कार्यक्रममा त्रिभुवनचन्द्र वाग्ले, डा. शेषराज आचार्य, अतृप्त पाण्डे, उमा दाहाल, भगवती रोका भूमिका, कुमार नेपाल, प्रकाश बस्नेत गफाडी, मानन्धर अभागी, जनार्दन अधिकारी धड्कन, नम्रता उप्रेती, मुकुन्द न्यौपाने, गुप्तबहादुर श्रेष्ठ, वासुदेव गुरागाईं, ठाकुर शर्मा, ओजस्वी गौतम, गङ्गाप्रसाद खतिवडा, बालिका गिरी, शिवराम खड्का, नारायण भण्डारी, जनकपुरी, जगदीश्वर पोखरेल, श्रीधर पौडेल, उर्मिला पन्त पाण्डेय, पदम दोङ, गङ्गा आचार्य, उत्तम विचार, विजयध्वज थापा, पुष्पा धमला, दुर्लभ शाह त्यागी, राजबाबु श्रेष्ठ सागर, रामेश्वर राउत मात्रीदास, मिशन अधिकारी, रविन्द्र आशिस शैली, कृष्णदेव रिमाललगायतले रचना वाचन गर्नुभयो । 
कार्यक्रममा प्रतिष्ठनका सदस्य रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुका साथै सम्मानित प्रतिभा कुमार कोइरालामाथि प्रकाश पार्नुभयो । कार्यक्रमको अन्तमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सबैले अत्यन्त राम्रा रचना वाचन गरेको उल्लेख गर्दै सम्मान ग्रहण गरिदिनुभएकोमा सम्मानित हुनुहुने लगाएत सम्पूर्णमा धन्वाद ज्ञापन गर्नुका साथै महाकवि देवकोटाको देनमाथि प्रकाश पार्दै कार्यक्रम विसर्जन गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x