साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्योलमा देश छ 

Nepal Telecom ad

कारागारहरू उडे गरुड झैँ स्वच्छन्द आकाशमा height=
बस्दैछिन् गुँडमा लुकेर बिचरी मैना चरी त्रासमा {{read_more}}
पग्लेको दिल पोखिँदा कलममा छर्लङ्ग संदेश छ
अम्खोरा छ नयाँ रह्यो जल उही अन्योलमा देश छ
।१।

आँखा स्पर्श म जाँच्छु भन्दछ हरे सुँघ्ने भयो कानले
जिब्रो भन्छ म हेर्छु दृश्य जगका चाख्ने भयो नाकले
छालाले ध्वनि सुन्न तत्पर बनी जम्मै नयाँ भेष छ
छन् ज्ञानेन्द्रिय युद्धमा हर घडी अन्योलमा देश छ 
।२।

मेटिन्छ्न् छलछामले दिनदिनै सीमान्त रेखीहरू
पार्छन् मत्स्य ढुकेर ताल धमिलो स्वार्थी छिमेकीहरू
चालिन्छ्न् जति पाइला शिखरका चालैपिछे ठेस छ
गाडी मात्र नयाँ छ चालक उही अन्योलमा देश छ
।३।

बेच्दैछन् श्रम सिन्धुपार हँसिला कैयौं जवानीहरू
फुल्दो यौवनको बिछोड लयमा भिज्छन् सिरानीहरू
लैजा दर्पण यो चरी उडिउडी सन्जालमा पेश छ
बाजा मात्र नयाँ छ नर्तक उही अन्योलमा देश छ
।४।

कोठीले दिनरात च्यात्छ फरिया आक्रान्त चेलीहरू 
खै को सुन्छ र आँसुका अधमरा रुन्चे सुसेलीहरू 
खुल्दो आगतको वसन्त रङ जो हेमन्तमा शेष छ
आओस् शीघ्र वसन्त भन्नु नपरोस् अन्योलमा देश छ
।५।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x