साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि र बुटपालिस

Nepal Telecom ad

ऐ हाम्रा बुटपालिस गर्ने कवि मित्र, height=
ल भन्नुस् !
आज किन एक्कासी, {{read_more}}
पेटीमा बसेर गर्नु भयो,
बुटपालिसको शुरुवात ।
बात बेबात, हान्न हाम्रो पेटमा लात,
ऐ कवि दाइ !
न तपाईंको बुटपालिस गर्ने जात,         
न तपाईंको बुटपालिस गर्ने औकात
फेरि कुन चाहनाको बोकी बहाना
गर्नुभयो हाम्रो पेशामा कुठाराघात ।

हो तपाईंका समस्या होलान् जायज
तर बुटपालिसनै रोज्नु एकदम छ नाजायज ।
ठानेर बुटपालिसलाई तल्लो काम 
बोलाएर फोटोग्राफर गरेर तामझाम
नगर्नु पर्ने काम, दिउँसै गर्नुभयो खुलेआम
हाम्रो इज्जतलाई पछार्नु भयो भुँइमा धडाम् ।

हो  तैपनि देशका साहित्यकारहरूको हितका लागि 
यो पनि सहिदिउँला
तपाईंसँगै जता भन्नुस् गइदिउँला
तपाईंकै भावनालाई बुझेर बहिदिउँला ।
तर  यदि सक्नुहुन्छ  भने
एक दिन त पूरै हामीसँगै बस्नुस्
सडक किनारमा धुलो खानुस्
घामपानी सहनुस्,
हाम्रो पनि दुःखद् स्थिति कस्तो छ
प्रत्यक्ष बुझेर कविता लेख्नुस् ।

कवि दाइ रिसानी माफ होस्
लाज त हामीलाई पनि नआइ मान्दै–मान्दैन ।
देशको नामुद कविले किन
एक ब्रुश समाउन पनि जान्दैन ।

हजुर उता टाढा  किन बस्ने, 
सिकाइ दिन्छौं नजिक त आउनुस्
हामी जुत्ता मरम्मत गर्छौं, 
तपाईं यसरी समाएर ब्रुश मजाले हान्नुस् ।
हो दाइ ! तब पो अनि  
तपाईंसँगै छापिनेछ भोलि अखबारमा
–हाम्रो फोटो पनि ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x