साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा लघुकथा वाचन

Nepal Telecom ad

काठमाडाैं, २०७५ माघ । शनिवार एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको अठहत्तरौँ रचना वाचन कार्यक्रम सम्पन्न  भयो । {{read_more}} प्रतिष्ठानले  height=कार्यक्रमको आकर्षण बढाउन हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको दशौँ महिनामा लघुकथाको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइएको थियो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति बीच संस्थाका वरिष्ठ उपाध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा लघुकथा वाचन भव्य रूपमा सम्पन्न भयो । काठमाडौ उपत्याकाको पश्चिम भागमा रहेको साहित्यिक संस्थाबाट नियमित रूपमा मासिक रचना वाचनको क्रममा यो कार्यक्रम अनुपम सिर्जना प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको हो ।

यस शृङ्खलामा रचना वाचन गर्नेमा निर्मलकुमार पराजुली, बिनुबाबा घिमिरे, जगदीश्वर पोखरेल, भाग्यशाली अधिकारी, बालकृष्ण सुवेदी, जनकराज अधिकारी, दुर्गा रिमाल, सुधा बास्कोटा ढकाल, शारदा गौतम, चूडा निर्भीक, ठाकुरप्रसाद प्रधान, भुवन शिवाकोटी, भुवनहरि सिग्देल, स्वस्तिका बडाल, हरि खनाल, धरणीधर गुरागाई र ममता भट्टराई हुनु हुन्थ्यो । 

संस्थाका महासचिव जगदीश्वर पोखरेलले अनुपमले स्वागत मन्तव्य दिदै हरेक महिनामा फरक विधामा रचना वाचन गराएर नयाँ कार्यको थालनी गरेको र यस्ता कार्यक्रमले स्रष्टाहरूलाई सबै विधामा अभ्यस्त र सिर्जनशील क्षमता बढाउँछ भन्दै संस्थाले फरक विधामा रचना वाचन कार्यलाई निरन्तरता दिने छ भन्नुभयो । उहाँले शिशिर ऋतुको कहर सहेर रचना वाचन कार्यमा सहभागी भइदिनु भएकोमा सहभागी स्रष्टाहरूलाई हार्दिक स्वागत गर्नु भयो । संस्थाका वरिष्ठ सल्लाहकार हरि खनालले वाचन गरिएका लघुकथाको संक्षिप्त रूपमा समीक्षा गर्नु भएको थियो । 

सभाध्यक्ष भुवनहरि सिग्देलले साधनाबाट सिर्जनामा निखार आउँछ भन्दै उपस्थित स्रष्टाहरूलाई र निशुल्क हल उपलब्ध गराउने एडमार्क कलेजलाई धन्यवाद सहित सभा विसर्जन गर्नु भएको थियो । संस्थाका महासचिव जगदीश्वर पोखरेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

–जगदीश्वर पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x