सुलसुलेसाहित्य सरोवरको पाँचौँ शृङ्खला

राजधानीमा हरेक महिनाको दोस्रो शनिवार नियमित आयोजना हुने गरेको साहित्य सरोबरको पाँचौँ शृङ्खला गत माघ १३ गते तीनथाना स्थित मुनाल क्लब परिसरमा सम्पन्न भयो
। {{read_more}} गोपीचन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ लक्ष्मी माली हुनुहुन्थ्यो । शहीद दिवस सन्दर्भ समेत जोडिएको कार्यक्रममा प्राज्ञ केशव सुवेदी, नरनाथ लुइँटेल, मधुसुदन गिरी, स्नेह सायमी, जयराम लुइटेल, काशीराज सुवेदी लगायतको उपस्थिति थियो ।
साहित्य सरोवरका कोषाध्यक्ष विमला महर्जनद्वारा स्वागत मन्तव्यपछि सिर्जना वाचनको क्रम आरम्भ भएको थियो । आरम्भमा यस क्षेत्रबाट नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषदमा लक्ष्मी माली र प्राज्ञसमा प्रा. केशव सुवेदी नियुक्त हुनुभएको हार्दिक बधाइ ज्ञापन गर्दै उहाँहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्रष्टाहरू मधुसुदन गिरी, सिर्जना ज्ञवाली डोटेल, मथुरा राउत, स्नेह सायमी, गोमा रेग्मी, मालती बेलबासे, ज्ञानेन्द्रप्रसाद लुइँटेल, शकुन्तला, विमला महर्जन, जनक अधिकारी, गोपीचन्द्र कार्की, हरिशरण आचार्य लगायतले आआफ्ना, कविता, गजल, गीति सिर्जना, मुक्तक प्रस्तुत गर्नुभएको भएको थियो । प्रस्तुत सिर्जनामा समसामसयिक नेपालको वर्तमान परिवेशको यथार्थ चित्रण गरिएको थियो ।
कार्यक्रममा नरनाथ लुइँटेलद्वारा शहीदसन्दर्भमा रचित भूपि शेरचन, देवी नेपाल, नर्मदेश्वरी सत्याल र नारायण निराशीको कविता सिर्जनाको अडियो प्रस्तुत गर्नुभएको थियो ।
यस पटको शृङ्खलामा तीनजना बाल प्रतिभाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । बालबालिका शुभेच्छा पोख्रेल, युनिक तिमल्सिना र सुवासना दवाडीले आआफ्ना बालसिर्जना प्रस्तुत गर्दै सहभगिता जनाएका थिए ।
प्रमुख अथिति लक्ष्मी मालीले आफू तीनथानाकै माटोबाट उठेर साहित्यिक स्रष्टा हुन पुगेको बताउँदै
देखिरहेको सन्दर्भबाट सही कुरालाई कविता बनाउनु सक्नु पर्छ भन्नुभयो । उहाँले समाजलाई सकारात्मक रुपान्तरण र परिवर्तनका लागि साहित्य सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । ’कुरीति र कुपरम्परालाई उच्छेद गर्न साहित्यले सहयोग गर्छ, सत्यका पक्षमा लड्न सकेनौ भने हामी कहिलै अघि बढ्न सक्दैनौ ।‘ मालीको कथन थियो । नारीप्रतिको विभेद विरुद्धमा अझै सशक्त ढङ्गले आवाज बुलन्द पार्नु पर्ने बताउँदै विभेद विरुको आफ्नो कविता सिर्जना पनि प्रस्तुत गर्नु भएको थियो ।
प्रा. केशव सुवेदीले कवि सिद्धिचरण श्रेष्ठको काव्यपङ्क्तिको विश्लेषण गर्दै कविताबारे आफ्ना धारणा राख्नु भएको थियो भने वडाअध्यक्ष उत्तमबहादुर राउतले पनि मन्तव्य दिनुभएको थियो ।
अध्यक्षताबाट गापीचन्द्र कार्कीले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै विर्सजन गरिरएको साहित्य सरोवरका सचिव कृष्णबहादुर कार्कीले दिवङ्गत सष्टा द्रोणाचार्य क्षेत्रीको नेपालको राष्ट्रियताप्रति समर्पित सुस्ता कविता वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































