साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहिदका सपनाहरू

Nepal Telecom ad

सन्दर्भ :: शहिद दिवस ०७५ height=

महानगरीय फोहोरको थुप्रोबाट निस्किएको
टाउको फुटाउने दुर्गन्ध हो या
गाडीभित्रको मासुको थुप्रोबाट निस्किएको
सडकै मगमगाउने अत्तरको गन्ध हो
छुट्याउन नपाउँदै
एउटा चिल्लो मर्सिडिजले
तपाईंलाई हिलो छ्याप्तै
बेतोडसँग दौडियो भने
सम्झनुहोस्–
शहिदको एउटा सपना
सिंहदरबारतिर साकार हुन दौडिएको हुनुपर्छ ।

थुप्रै मान्छेका लासहरूको भर्याङ चढेर
कोही एकाएक गद्दीमा पुग्यो
र दाह्रा–नङ्ग्राहरू उमारेर
धमाधम
तिनै लासहरूलाई चिथोर्न थाल्यो भने
तिनै लासहरूलाई निचोर्न थाल्यो भने
अन्यथा अर्थ लगाएर शङ्का नगर्नुहोस्
उसले साकार पार्न
चिथोरेर– निचोरेर
शहिदका सपनाहरू खोजेको हुनुपर्छ ।

कुनै खबटे नेताको गर्धनको घेरा
अधिकतम साइजसम्मको भइसकेको भए
कुनै पटपटी फुटेका गोब्रे खुट्टाले
रातारात
कार्पेट बाहेक अन्त टेक्न छाडिसकेको भए
महान् क्रान्तिकारी नेताकी पत्नीले
दुईचार नोकरचाकर पालिसकेकी भए
ढोकामा उभ्भिएर पालेले
नेतालाई स्यालुट हान्न थालिसकेको भए
निःसङ्कोच सम्झनुहोस्
प्रजातन्त्रले निश्चित आकार लिइसकेको हुनुपर्छ
शहिदका सपनाहरू साकार भइसकेको हुनुपर्छ ।

कतै सार्वजनिक स्थलहरूमा
महान् प्रजातन्त्रवादी नेताका नातिहरूले
तीखातीखा चक्कु चम्काइरहेका भए
महान् कम्युनिस्ट नेताका छोरीहरूले
टेलिभिजन वा नाइटक्लबहरूमा
नाइटोमा मुन्द्रो टल्काइरहेका भए
ढुक्क हुनुहोस्,
पटकपटक अब हामीले
एक मिनेट मौन धारण गर्नै परेन
शहिदको आत्माले चिर शान्ति पाइसकेको हुनुपर्छ ।

पाँचतारे होटलमा
विकासका लहरहरू ल्याइसकेर
केही सुकिला राम्रा
ठूलो साइजका भुँडीहरूले
थुप्रै बोत्तल र प्लेटहरू सिध्याइसकेका भए
कुनै बोत्तल र प्लेटमा
एउटै थोपो र चोक्टो पनि बाँकी नरहेको भए
तपाईँ ढुक्क भएर सुत्नुभए हुन्छ
शहिदको एक थोपो रगत पनि खेर गएको छैन
शहिदको एउटै सपना पनि अधुरो भएको छैन ।

तपाईँ त ढुक्क हुनुभयो, राम्रो भयो
हुनुसम्म बिस्मात त मलाई पो लागिरहेछ
अहिले शहिदका सारा सपनाहरू
यसरी धमाधम साकार भएको देख्ता
लागिरहेछ– उस बेलै गोली लागेर
किन भुतुक्कै भइएनछ हँ ?
(२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x