साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैतानी चादर

Nepal Telecom ad

मतलबको उनको घुम्टो, त्यस्को घुम्टो height=
दबलथको यस्को घुम्टो ल उस्को घुम्टो {{read_more}}
घाँटी छोपेर घुम्टो ओडेका मानिसहरू थे
आँखा तरिदिन्थे भग्न खण्डहरका चित्रहरू

चियाइचियाइ हेरिरहेका आँखाहरूसँग
अनेक अन्तर मनका कोत पर्वहरूछेउ,
घुम्टीमा भेट हुन्थे, हराउँथे त्यसै त्यसै
शैतानी चादरका फर्फराएका पल्लामा !

त्यसै त्यसै उठेका अनि फेरि जुटेका
मेरो देशको शैतानी चादरका कुनाहरू
डिएनए परिक्षणका जम्लाहरूले तन्केर
रतिरागका सोरठी भाकाका उधुम पर्वहरू

म डिएनए परिक्षणमा लाम लागिरहेथेँ
देशको नागरिकता अनि समावेशी प्रश्नहरू,
उत्तरहरू घुम्टोभित्र थिए भल्गर योजनामा !

प्रमुखता दलाली, लिलामी आत्मप्रवञ्जनाहरू
मुर्दाघरका चिस्यानमा सुतिदिन्थे उन्नतीलाई ।

तुसारोमा मैले ओड्ने चादरको कालो रङ
जुरूकजुरूक हुन्थे धमिलो घामको छायाँले
निर्धनहरू हुरूकहुरूक हुन्थे जनको मायाले
मस्तिष्कका भ्रमहरू चलिदिन्थे शैतानीसाथ !

परबाट फूलका सुगन्धले ललाइफकाइ गर्याे,
सिगरेटका लागि तयार जत्थाहरू फेरिए !
शैतानी चादरका घुम्टा वरिपरि इसाराले,
आदत परेका मतलबी जगातेका चिहानमा ।

जुनका उज्याला भरका शैतानी हावाहरूलाई
अँध्याराभर कुराइरहेथे घुम्टोका षड्यन्त्रहरू
उड्न चाहन्थेँ र घुम्टो च्यातेर पर्दाफास गर्न !

उग्र पिल्सिएका जीवनका रातहरू 
नजरका धमिला सम्चारका यादहरू
शैतानी चादर छेकिरहेथ्यो मस्केर !

हराइदिन्थेँ देशसँगै फेरि सूर्यास्तसँग
एउटा शैतानको महापरिनिर्माणका यादमा

आशा झरेका, इच्छा मरेका आदतहरूले
घेरिएर निषाचरहरूका साथमा !
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x