साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐनाको मान्छे 

Nepal Telecom ad

कहिलेकाहिं कसैलाई यसो जिस्कायो भने आफ्नो अनुहार कहिले ऐनामा हेरेका छ ? भन्थे र आफू पनि अरुलाई त्यसै भन्ने गर्थें । {{read_more}} साच्चि भन्दा मैले पनि आफ्नो  height=अनुहार राम्ररी ऐनामा हे¥या रहेनछ । आज एकाविहानै मुखसुख धोएर रुमालले अनुहार पुछ्दै यसो ऐनामा हेरेको त म दङ्ग परें, म जस्तै दुरुस्त पो हुँदो रहेछ ऐनाको मान्छे । अझ म जे गर्छु त्यसै पो गर्छ । हाँस्छु हाँस्छ । निच्च दाँत देखाउँछु ऊ पनि देखाउँछ । नाक समाउँछु ऊ पनि नाकै समाउँछ । आँखा झिम्काउँछु ऊ पनि झिमिक्क आँखा झिम्काउँछ । ए बा यस्तो पनि कहिं हुन्छ ?

म जस्तै त्यो ऐनाको मान्छेको दिमाग कत्तिको रहेछ भनेर जाँच्न फ्याट्ट प्रश्न गर्न मन लागेर ल भन त मान्छेको दाँत कतिवटा हुन्छ भनेको त प्वाक्क भनिदियो बत्तिसवटा हुनुपर्ने हो तर दुर्भाग्य मेरो एकतिसवटा मात्र छ भनेर । म झन अचम्ममा परें मेरो पनि त दाँत एकतिसवटै छ । त्यसमा पनि एउटा फुक्ल्या, एउटा ढुङ्गा लागेर फुट्या अरु दुईवटा बंगरामा स्टिलले छोप्या छ पो भन्छ त ठ्याक्कै मेरै जस्तो । लवाई हेर्दा पनि आफ्नै जस्तो छ । हाउभाउ सबै आफ्नै जस्तो छ । मनमा कुरा खेलाउदै बिहानको नित्यकर्म सकेर चिया उमालेर सुख्खा रोटी चपाउँदै ऐनाको बुढो के गर्दैछ भनेर यसो च्याएको त ऊ पनि पो सुख्खा रोटी चपाउँदै रहेछ । ए, ऊ पनि नास्ता गर्दै रहेछ भनेर भान्सामा गएँ । एकछिन पछि चियाको कप लिएर फेरी सुटुक्क चियाएको, ऊ पनि मेरो जस्तै कपमा चियाको चुस्की लगाउँदै रहेछ । एकछिन त रिसले आँखा पनि देखिन । हैन नक्कल गर्नुपनि एउटा हुन्छ नि जे ग¥यो त्यही गरिदिने ? बद्मास । मज्जाले हप्काउनु प¥यो भनेर चियाको कप भान्सामा राखेर पाखुरा सुर्केर आएँ ऐना अगाडि । मभन्दा पहिला त ऊ नै पो रिसाएछ क्यार आँखा रसिला रसिला पारेर रिसाएको अनुहारले उल्टै मलाई नै पो खाउँला झै गरेर हे¥यो । डर डर पनि लाग्यो एक्लै छु च्याप्प समाएर झ्यामझ्याम हान्यो भने के गर्नु बरु फकाउनु प¥यो भनेर नरम भएर किन रिसाएको भनेको, अनि किन नरिसाउँ म जे गर्छु तिमी त्यसै गर्ने हो त भन्यो । किन रिसाउन लगाउने भनेर मुसुक्क हाँसेर माफ पाउँ भनिदिएँ । 

एकछिनको तातो रिस सेलाएपछि फेरी सोधँे– तिमी एक्लै हौ भनेर । एक्लै छु के गर्नु भन्यो । अनि तिम्रा सन्तान कोही छैनन् भनेको सन्तान त छन् रे तर कोही कता कोही कता छन् रे, मेरा जस्तै । अनि पत्नी त ? भनेको, पत्नी पनि छोरासँग छन् रे एकदम मेरो जस्तै । बिचरो बुढो, सारै माया लाग्यो । म पनि उस्तै त हो नि ल हामी मिलेर गफसफ गर्दै पकाउने खाने गरौं आदि इत्यादि सबै काम गरौं भनेको बिहानै, अहिलेसम्म आएको छैन । जतिखेर हेर्न गयो ठिङ्ग उभिएर बसिरहेकै हुन्छ । देख्नासाथ निच्च दाँत देखाएर हाँस्छ । एकछिनमा निस्केला भनेर कु¥यो निस्किदैन । अरु पनि धेरै कुरा सोध्न मन त थियो, तर बिचराको मन किन अमिल्याउनु भनेर सोधिनँ । सायद उसको आनिबानी पनि मेरो जस्तै होला । मलाई घरबाट बाहिर निस्कनु प¥यो भने आफूभन्दा लामो काँडा उम्रन्छ । म घर कुरुवा, ऊ ऐना कुरुवा त होला नि । यस्तो हुँदो रहेछ ऐना र पो जस्ले पनि तैले तेरो अनुहार ऐनामा हे¥याछस् भन्दा रहेछन् । जे होस् मलाई यो ऐना सारै उपयोगी साथी लाग्यो । दुरुस्तै आफू जस्तो । आज मित्रता दिवस रे, हाम्रो मित्रता पनि अमर अनि अजर रहोस् ।

२०७५।१०।११
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x