सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शहर

Nepal Telecom ad

 height=रामबाबु जागिर पनि खाने, पढ्ने पनि भनेर शहर आयो । जागिर नपाउञ्जेल मामाघरमा बस्ने सोच बनाएर ऊ साँझ मामाघर आइपुग्यो । {{read_more}} आएको दिन उस्ले राम्रै मान सम्मान पायो । ऊ आएको पर्सिपल्ट मामाले उसलाई तल छिँडीको कोठा देखाएर भने–
“अब तिमी यही कोठामा बस भान्जा ! अरूलाई भन्दा बढी बहाल लिन्नँ । जागिर खोजेर खाऊ र मलाई महिनावारी कोठाभाडा बुझाऊ । मामाघर भनेर हुन्छ र ! आएको दिन पो हो त त्यसै खान, बस्न पाउने । यो त शहर हो भान्जा !”

उसका मामामाइजु घरका कोठा बहालमा लगाएर हुनेखाने शहरीया भैटोपलेका थिए । अब रामबाबुको मामासँगको नाता बदलियो— मामा घरबेटी, ऊ डेरावाल ।

ऊ काम खोजेर रोजगारी गर्न थाल्यो । महिना नमर्दै भाडाको बिल आइपुग्थ्यो । बिल पाएको तीन दिनभित्र भाडा बुझाइसक्नुपर्ने नियम घरबेटीले बनाएका थिए । तीन दिनभित्र भाडा नबुझाए हप्कीदप्कीसहित अरू तीन दिन समय थप हुन्थ्यो ।

बहाल बुझेपछि मामाचाहिँ भन्थे, “भान्जासँग भाडा लिन नहुने, यत्रा कोठाहरू बहालमा लगाएपछि एउटा कोठामा त भान्जालाई त्यत्तिकै राखे नि हुने हो । तर के गर्नु ….. ?”

बस्दै जाँदा उसले मामाको चालचलन बुझ्दै गयो । अरूसँग भन्दा बढी बहाल र बिजुली–पानीको पैसा आफूसँग लिँदारहेछन् भन्ने थाहा पाएपछि उसको मन भित्रभित्रै पोलिरहेको थियो ।

एकदिन बिहान कपडा धोएर सुकाउन घरको छतमा उक्लँदा पो ऊ एकैचोटि छाँगाबाट खसेझैँ भयो । उसका मामा–माइजू पल्ला घरका छिमेकीसँग भन्दै रहेछन्, “आफ्नो मान्छेसँग कसरी बहाल लिनू ? मन पटक्कै मान्दैन ! हामीले त
एउटा कोठामा त्यत्तिकै राखेका छौँ भान्जा बाबुलाई ।”

बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
तीन ठाेक्तक

तीन ठाेक्तक

लीलाराज दाहाल
सुशासन

सुशासन

लीलाराज दाहाल
चश्मा

चश्मा

लीलाराज दाहाल
चरित्र

चरित्र

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x