साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर

Nepal Telecom ad

 height=रामबाबु जागिर पनि खाने, पढ्ने पनि भनेर शहर आयो । जागिर नपाउञ्जेल मामाघरमा बस्ने सोच बनाएर ऊ साँझ मामाघर आइपुग्यो । {{read_more}} आएको दिन उस्ले राम्रै मान सम्मान पायो । ऊ आएको पर्सिपल्ट मामाले उसलाई तल छिँडीको कोठा देखाएर भने–
“अब तिमी यही कोठामा बस भान्जा ! अरूलाई भन्दा बढी बहाल लिन्नँ । जागिर खोजेर खाऊ र मलाई महिनावारी कोठाभाडा बुझाऊ । मामाघर भनेर हुन्छ र ! आएको दिन पो हो त त्यसै खान, बस्न पाउने । यो त शहर हो भान्जा !”

उसका मामामाइजु घरका कोठा बहालमा लगाएर हुनेखाने शहरीया भैटोपलेका थिए । अब रामबाबुको मामासँगको नाता बदलियो— मामा घरबेटी, ऊ डेरावाल ।

ऊ काम खोजेर रोजगारी गर्न थाल्यो । महिना नमर्दै भाडाको बिल आइपुग्थ्यो । बिल पाएको तीन दिनभित्र भाडा बुझाइसक्नुपर्ने नियम घरबेटीले बनाएका थिए । तीन दिनभित्र भाडा नबुझाए हप्कीदप्कीसहित अरू तीन दिन समय थप हुन्थ्यो ।

बहाल बुझेपछि मामाचाहिँ भन्थे, “भान्जासँग भाडा लिन नहुने, यत्रा कोठाहरू बहालमा लगाएपछि एउटा कोठामा त भान्जालाई त्यत्तिकै राखे नि हुने हो । तर के गर्नु ….. ?”

बस्दै जाँदा उसले मामाको चालचलन बुझ्दै गयो । अरूसँग भन्दा बढी बहाल र बिजुली–पानीको पैसा आफूसँग लिँदारहेछन् भन्ने थाहा पाएपछि उसको मन भित्रभित्रै पोलिरहेको थियो ।

एकदिन बिहान कपडा धोएर सुकाउन घरको छतमा उक्लँदा पो ऊ एकैचोटि छाँगाबाट खसेझैँ भयो । उसका मामा–माइजू पल्ला घरका छिमेकीसँग भन्दै रहेछन्, “आफ्नो मान्छेसँग कसरी बहाल लिनू ? मन पटक्कै मान्दैन ! हामीले त
एउटा कोठामा त्यत्तिकै राखेका छौँ भान्जा बाबुलाई ।”

बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x