केशवराज अर्याल ‘निश्चल’‘क’ पुराण
केशवले कुन्नि के कुरा कोट्याउँछ भन्दै कानमा कानेखुसी कर्दै कचकच किन गर्नुभा होला । कुरो कहन्छु, म कहिलेकाहीँको । कुरो कोट्याउँदा कात्तिकको कागतिहारको कुरो काट्छु ।
कालिङपोङमा कुटो कोदालो काँधमा कुम्ल्याएर कपाल कन्याउँदै कोदोबारीमा कुदेको कान्छो कसाईलाई कुरीनटारकी काँइली कार्कीनीले केराबारीको कुनचाहिँ कान्लामुनि कुरेर, कालो कम्बलभित्र किस कर्दा कसाई क्या कुल भो । कुमारीको किस के अब ? कुमारी काईली कार्कीनीले केराबारीको कान्लामुनी कुनामा कुमार कान्छो कसाईलाई किस कर्दा कुले कामीको काले कुकुर कुर्लेर कुँई कुँई कराएछ । कुकुर कराएसी कार्कीटोलका कार्कीहरू कराउँदै कान्लाकान्लै करौँती, कर्जा, कुटो, कोदालो काँधमा कुम्ल्याएर कसाइलाई कुट्न कुदे । करणीको कारण कालोनिलो कसाई करङ कन्याउँदै कालो कट्टु कस्दै कुद्दा करेसाबारीको केराउ, करेला, काउली, कोभी, कोसा, कैयौं कुरा किचियो । कुद्दा कुद्दै कीराले कोपरेर कुहिएको कालो केरामा कुल्चेछ । कतिबेला कुन्नि कार्कीहरूले कसाईलाई काँडैकाँडाले करङमा कोप्दै र कोतर्दै कुदाए । कुदाउँदै कृष्ण कुमारको काइँलो काका कीर्तिपुर केन्द्रीय क्याम्पस कमिटीका कोषाध्यक्ष तथा कांग्रेस कार्यकर्ता कमलकान्त कोइरालाको कीर्तिपुरको कुनै कालो कोठामा कछाडले कसेर कार्कीहरूले कसाईलाई किलै किलाले कोप्दै कुट्दा कसाई कस्तरी काँप्दै करायो । “कोही छ ? कार्कीहरूले कुटे–कुटे ।” कठै ! कसाईको कुरामा कराउने कोही न कोही । कतिले त कसाईकै कुरा काटेर “कसाईलाई कुट् कुट्” भन्दै कराए । कार्कीहरूले कुट्दा कुट्दैै कसाई कान्छोलाई कालले कुर्मु¥यायो । कुन्नी कति जना कार्कीहरूले कुटे कुन्नि के था ? कुट्नुसम्म कुटेछन् नि कालहरूले । कहाँको कानुन, कहाँको के ? कसाई कतातिर, कार्की कतातिर, कानून कतातिर ?
कसाईलाई कार्कीनीको कारण कालले कुर्मुर्याएको कुरा काठमाडौंका कमेडी कवि तथा कथाकार केशवको कन्सुत्ले कान्छो काका करणकाजी कर्माचार्यले कान्तिपुरमा काम करदा कान्तिपुरकै निम्ती कापीमा कलमले कोरेछन् ।
काठमाडौंका केशवका काकाले कान्तिपुरमा को¥या कुरा कपनको कटुवाले काइँलो, कलङ्कीको किशोर कुमार कुमालेका केटाकेटीहरू किर्तीपुरको किरण कोइराला, कोटेश्वरको केदार कक्षपति, कालोपुलकी कल्पना कट्टेल, कपुरधाराका कृष्ण कँडेल, कुमारीपाटीका कलेन्द्रकुमार कुसवाह, कुपण्डोलकी करिष्मा कुलेश्वरकी कला कार्की, कुमारीगालका कुवेर काजी र कैलासडाँडाका कौरवहरूले कान्तिपुर किनेर कुनी कसले केरा हेर्याजस्तो किरमीरे कालो अक्षर क्वारक्वार्ती केलाउँदै कार्कीहरूलाई कराउनुसम्म कराएछन् रे । किन पो कराए के थाहा ?
चारघरे, नुवाकोट
‘३७ महापुराण’ (२०७०) बाट
Subscribe
Login
0 Comments
Oldest







































