साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबथोक उनैसित

Nepal Telecom ad

चाबी पनि उनैसित ताला पनि उनैसित 
त्यसैले त गोरा पनि काला पनि उनैसित

म त गवाँर कुरूप छु, नाम मात्र सुन्दर हो
गुलाबी ओठ स्याउ जस्ता गाला पनि उनैसित

न छ टेक्ने आधार मेरो न समाउने हाँगो नै छ
सुनै सुनका बाला पनि माला पनि उनैसित

सयपत्री मखमली फुल्छन् मेरो दिलभरी
मुटु घोच्ने बचनका भाला पनि उनैसित

प्यासी छु म तिर्खाएर तड्पिरहेको छु यहाँ
तिर्खा मेट्ने भरिएका प्याला पनि उनैसित ।
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x