साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न त कुनै थर छ हजुर

Nepal Telecom ad

न त केही डर नै छ न कसैको भर छ हजुर
न पातीले बारेको झुप्रे सानो घर छ हजुर ।

नछोऊ न भो मेरो घाउ दुखाउन अतितलाई
फूल जस्तै देखेपनि भित्र तितो जहर छ हजुर ।

भैगो छाड साथ दिन्छु भन्ने तिम्रा कसम सारा
सोचेजस्तो छैन जीवन हर कदम कहर छ हजुर ।

हेर्दा देख्यौ भद्र जस्तै खोलिहेर्दा छातीभित्र
उर्लिएको छाल जस्तै वेदनाको लहर छ हजुर ।

जन्म दिने बाउले पनि मेरो होइनस् भनेपछि
बिखर्ची भो राम पनि न त कुनै थर छ हजुर ।

चितवन, हालः मरुभूमिको छातीबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x