साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किरिया

Nepal Telecom ad

‘अब म रक्सी खाँदै खान्न । जाँडरक्सीले मेरो जीवनको आधा भाग नै खाइदियो । यसले मेरो ठुलो मान्छे बन्ने आकाङ्क्षाभित्र सुटुक्क पसेर कुटुकुटु टोकिसकेछ । मैले जीवन बुझिन । जीवन बुझ्ने समयलाई मैले सोमरसका घुड़काहरूसँग साटें । थुक्क ! थुक्क !! थुक्क !!!’ उसलाई आफ्नो जीवनप्रति घृणा लाग्यो । यो दिव्यज्ञान उसलाई आजै मात्र खुल्यो जब सानी छोरीले सर्टको फेरमा झुण्डिएर कापी र कलम मागी जतिवेला ऊ होसमै थियो, तब उसलाई अचानक चतुर्मुखी ब्रम्हालाई वेदका मन्त्र फुरेझैं, न्यूटनमा गुरुत्वाकर्षणको नियम उद्भव भएझैं रक्सी नै आफ्नो लघुताको कारण हो भन्ने खुट्याउन बेर लागेन । उसले तत्कालै मनमनै केही निर्णय गर्यो । उसले श्रीमतीलाई अक्षता मुछ्न लगायो । आफ्नो आश्चर्यको गाँठो फुकाउनै नपाई श्रीमतीले आज्ञा पालन गरिन् । उसले छोरीलाई पश्चिमतिर फर्कायो । आफू पूर्वतिर फर्किएर छोरीको निधारमा अक्षता टाँस्यो र गोडामा ढोग्यो । ‘आजदेखि जीवनको पतेरारूपी जाँडरक्सीलाई छुँदै छुन्न’ आदि भन्दै खान सकिने जति किरिया खायो । श्रीमतीमा हर्षको सीमा रहेन । उसका बाबु र आमाले बुढ्यौलीमैं भए पनि चार अम्मल तन्किएको सम्झे । उसमा ठुलै परिवर्तन भएको कुरामा कसैको दुई मत भएन ।
उसको जीवनको ठुलो वहाड ठानिएको सातै दिनपछि सुकुनीको कुटीभित्र उसको प्रवेश भयो । कुटीभित्र उसले सोमरसपान गर्यो । उदरभित्र सोमरसले आसनग्रहण गरेपछि ऊ ढल्मलाउँदै उठ्यो । एक सातासम्म मौनता छाएको सडक एकाएक सन्कियो । उसको बटारिएको जिब्रोबाट चकार र लकारका वर्षा भए । आकाशमा बेताल हाँस्यो । अन्ततः आमा, बाबु र श्रीमतीले उसको किरिया कहिल्यै नपत्याउने किरिया खाए ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म पनि हिमाल बन्न चाहान्छु

म पनि हिमाल बन्न...

लक्ष्मण अर्याल
स्वतन्त्रता

स्वतन्त्रता

लक्ष्मण अर्याल
पाहुना

पाहुना

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x