साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीको क्या मात छ

Nepal Telecom ad

लुरे लारे लाम्रे पनि
झुरे झारे झाम्रे पनि
चिल्ला चिल्ला पट्ठा हुने
बसे सबै लट्ठ हुने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

लाटो बुङ्गो लठ्यौरो पनि
बुढो पाको ठट्यौरो पनि
नयाँ बेहुला झैं मक्ख हुने
दुनियाँ नै सब छक्क हुने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

ध्वाँसे म्वासे चप्पले पनि
ट्वाके, छ्वाके, झक्कले पनि
हेर्दाहेर्दै चड्छन कार
गलबन्दी, लाउँछन् हारै हार
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

सन्त, जोगी, बर्तालु पनि
जन्त, भोगी, हर्तालु पनि
कोही खाई लट्ठिने
कोही पाई पट्टिने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

साधु, सज्जन, नामी पनि
जादु, दुर्जन, बदनामी पनि
पाउने यसमा टाँस्सी रहने
नपाउने पनि आस्सी रहने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

भुरे भारे दाम्रे पनि
बोल्न नसक्ने ठाम्रे पनि
शुरा शुरी जोहो लाग्ने
पित्रीको झन मोह जाग्ने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x