साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीको क्या मात छ

Nepal Telecom ad

लुरे लारे लाम्रे पनि
झुरे झारे झाम्रे पनि
चिल्ला चिल्ला पट्ठा हुने
बसे सबै लट्ठ हुने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

लाटो बुङ्गो लठ्यौरो पनि
बुढो पाको ठट्यौरो पनि
नयाँ बेहुला झैं मक्ख हुने
दुनियाँ नै सब छक्क हुने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

ध्वाँसे म्वासे चप्पले पनि
ट्वाके, छ्वाके, झक्कले पनि
हेर्दाहेर्दै चड्छन कार
गलबन्दी, लाउँछन् हारै हार
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

सन्त, जोगी, बर्तालु पनि
जन्त, भोगी, हर्तालु पनि
कोही खाई लट्ठिने
कोही पाई पट्टिने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

साधु, सज्जन, नामी पनि
जादु, दुर्जन, बदनामी पनि
पाउने यसमा टाँस्सी रहने
नपाउने पनि आस्सी रहने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

भुरे भारे दाम्रे पनि
बोल्न नसक्ने ठाम्रे पनि
शुरा शुरी जोहो लाग्ने
पित्रीको झन मोह जाग्ने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x