साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढीको नाम सूचना !

Nepal Telecom ad

केही दिन अघिको घटना हो । सूचनाको लागि एउटा मन्त्रालयमा फोन गरेँ, ‘सूचना अधिकारीलाई पाउँ न ।’
‘यहाँ त त्यो नाम भएको कोही छैन ।’
‘मैले मान्छे खोजेको होइन । सूचना अधिकारी, इन्फर्मेसन अफिसरलाई खोजेको हो ।’
मेरो कुरा नसुनी रिसेप्सनिस्टले त्यहाँ उपस्थित कसैसँग कुरा गरेको सुनियो ।
‘… कि बूढीको नाम सूचना होइन ?’
‘मैले सूचना नामकी महिलालाई खोजेको होइन । इन्फर्मेसन अफिसरलाई खोजेको ।’
तर मेरो कुरा सुन्दै नसुनी उनले फोन पास गरिदिइन् ।
केही बेर घन्टी बजेपछि उताबाट फोन आयो, ‘हेलो, कसलाई खोज्नु भएको ?’
मैले भनेँ, ‘सूचना अधिकारीलाई खोजेको ।’
जवाफ आयो, ‘मेरो नाम सूचना त हो तर अधिकारी होइन ।’
मैले आफू पूर्व प्रमुख सूचना आयुक्त भएको परिचय दिँदै भने, ‘मलाई केही सूचना चाहिएको छ । मन्त्रालयमा सूचना अधिकारी होला, त्यसैलाई फोन दिनुस् न ।’
उनले नम्र हुँदै भनिन्, ‘भन्नुस् न के कुरा जान्न खोज्नु भएको ?’
मैले जानकारी मागेँ ।
उनले मैले मागे जति सूचना विस्तारपूर्वक दिइन् ।
मैले धन्यावाद दिएँ ।
(गएको साता भएको घटना)

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x