साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज केटाकेटीका कुरा

Nepal Telecom ad

हो, केटाकेटीहरू खेल्दछन्,
उता अमेरिकाका केटाकेटीहरू,
उत्तर कोरियाको छातीमा
आफ्ना भुसतिघ्रे सैनिकहरू परेड खेलिरहेको खेल,
इरानका तेलखानीहरूमा
आफूले कब्जा जमाएको खेल,
प्यालेस्टाइनमाथि जबर्जस्ती आफ्नो हैकम लादेको खेल,
क्युबालाई चौतर्फी नाकाबन्दी गरेको खेल,
नेपाल लगायत अविकसित र गरिब मुलुकहरूमा
विकासे निहुँ पारेर आइएनजिओ मार्फत
आफ्नो धार्मिक र सांस्कृतिक साम्राज्यवाद बिस्तार भएको खेल,
उफ् ! कस्तो जटील खेल खेल्दा हुन्,
अमेरिकाका केटाकेटीहरू !
हो केटाकेटीहरू खेल्दछन् ।

यता हाम्रो नेपालमा
कर्णाली भेगतिरका केटाकेटीहरू
एक पाथी चामल,
सिर्फ एक पाथी चामलका लागि
तीन दिनको बाटो हिंडेर
दुई दिनसम्म लाइनमा उभिएर पनि
अन्ततः रित्तो हात फर्कनु परेको खेल,
कस्तो दारुण खेल,
उफ् ! कस्तो दारुण खेल खेल्दछन्
यता हाम्रा नेपालका केटाकेटीहरू !
हो केटाकेटीहरू खेल्दछन् !!!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x