साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिहेको सत्कार– चुलोमाथि

Nepal Telecom ad

मेरो टोले नेवार मित्रको विवाहमा जन्ती जानको लागि मलाई निम्तो पठाए । बिहेको दिन बेलुकीपख घरका मान्छे सहित निम्तालु जन्तीहरूले एक बस टन्न थियो । त्यही हुलमा म पनि मिसिएँ । हामी चावहिल कुटुबहालबाट पाटनको इमाडोलमा त्यही रात बस्ने गरी गइयो । बेहुलीको घरमा पुगेपछि त्यहाँका मानिसहरूले हामीलाई अतिथि सत्कार गरे ।
पहिला त बेहुली लिन दुलाहाका बाउ सहित जन्ती जान्थे अनि दुलही ल्याउँथे । दुलाहा चाहिँ दुलहीको पर्खाइमा घरमा बसिरहन्थे । दुलही घरमा ल्याएपछि मात्र विहेवारीको कार्यक्रम शुरु हुन्थ्यो । अहिले त्यो चलन हटेको छ ।
त्यसबेला देख्दा गाउँघरको पुरानै ढाँचामा अवस्थित थियो– इमाडोल । अतिथि सत्कारको क्रममा एउटा पुरानो घरभित्र हामी सबैलाई भित्र्याए । घरभित्र ओच्छाइराखेका ठाउँमा सबै लस्करै बसे । साथीभाइहरू जम्मा भयो कि रमाइलो गर्नुपर्ने मेरो बानीले गर्दा कसैको पनि बिहाको जन्तीमा मलाई छुटाउँदैनथे । घरभित्र छिर्ने क्रममा अन्तिमतिर परे म । सबै साथीभाइहरूले मलाई अग्लो ठाउँमा माथि बस्न कर गरे । बस्या मात्र के थिएँ म त स्वाट्टै भित्र पसेँ, खुट्टा त आकाशतिर ठाडो हुन थाल्यो । चुलोमाथि सुकुल ओच्छ्याएर त्यसमाथि राम्रो तन्नाले छोपेर राखेको रहेछ । चुलोको डाँडीले मेरो भार थाम्न नसकेर म त गल्र्यामगुर्लुम भित्र पसेको पो रहेछु । चुलो भत्कियो । म त अक्क न बक्कमा परेँ । त्यहाँ उपस्थित सवैजना मेरो अनुहार हेरेर हाँसिरहेका थिए । आपूmलाई भने अप्ठ्यारो लागेर ङिच्च दाँत देखाएर बसिरहेँ । साथीभाइहरूले हाँस्दै मलाई बिग्रेको चुलोबाट तानेर बाहिर निकाले । अब साथीभाइहरूलाई के चाहियो र ! जस्को अनुहार पनि च्यातिएको मात्रै देख्न थालेँ ।
साथीको बिहेमा जन्ती जाँदा चुलोमाथि राखेर सत्कार गरेको देख्ता त्यो बेला अरुहरू हाँसे म हाँस्न सकिन । अहिले भने त्यो घटना सम्झ्यो कि भित्रैदेखि हाँसो उठ्छ ।

सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x