साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोपोन्मुख भाइहरु

डाइनोसर जस्तो अजङ्गको जीव त लोप भयो भने जाबो मुला जस्तो मान्छे कसो लोप नहोला ।

Nepal Telecom ad

हराउनु, नासिनु, भासिनु, खिइनु, सिद्धिँदै जानुलाई लोप भनिन्छ । लोप शब्दमा उन्मुख प्रत्यय लागेर लोपोन्मुख शब्द बनेको हो । संसारमा हरेक कुरा लोप हुने गर्छन् । भुँडीदेखि लिएर बुढी पनि लोप हुने हो कि भन्ने पिरलोले मान्छे मडारिरहेको हुन्छ । यमानका बडेमानका ज्यान भएका पनि लोप हुन्छन् र साना सुसुपाल चरिपेटे तरुनी तन्नेरी पनि लोप हुन्छन् । सिर्जना हुनु लोप हुनु प्राकृतिक नियम हो । उदय हुनु अस्त हुनु समयको कुरा हो । मान्छे मात्तियो छाडा भयो भने प्रकृतिलाई नष्ट गर्ने कष्ट गर्छ । प्राणी उत्पत्ति मार्गमा अवरोधक निरोधक बनेर आफ्नो बाहुबल प्रयोग गर्छ । तथापि प्रकृतिले चाह्यो भने डाइनोसर जस्तो अजङ्गको जीव त लोप भयो भने जाबो मुला जस्तो मान्छे कसो लोप नहोला ।

यति बुद्धिमानी ज्ञानी हार्न नजान्ने यो ग्रह र त्यो ग्रह चहार्न रुचाउने भाग्यमानी मान्छे कसरी लोप हुन्छ ? भन्ने घमण्ड वैज्ञानिकहरुमा होला तर जबसम्म मानवबाट मानवको सृष्टि, उत्पादन र उत्पत्तिमा उदासिन र आलस्यले जरा गाड्छ तबसम्म मानव वृद्धि विकासको सम्भावना तुहेर जान्छ । अभाव या आलस्यले नै हुनुपर्छ मान्छेको मानव उत्पतिखातिर मान्छेमा नै लगानी नगर्दा मानव लोप हुने सम्भावना बढेर गइरहेको छ । यस किसिमको पानी मरुवापनको संकेत करिब एक दशक अगाडिदेखि शुरु भइसकेको आभास मिलिरहेको छ । आफ्नै कुशाग्र विवेकको दासताको कारणले नै मान्छेले मान्छे नासिरहेको मासिरहेको छ ।

छातीमा हात राखेर सोचौँ, बुझौँ र गमौँ मान्छे लोप हुने छाँटकाँट समाजले देखाइ सकेको छ । गर्वका साथ गर्भधारण गरेकाहरु नै मेल फिमेलको रन्कोमा गर्भ तुहाएर ङिच्च दाँत देखाउँदै सन्तानको शिर निमोठी रहेका छन् । पुर्खाको पाइला मेटिरहेका छन् । हिम्मत हारेर एउटा या दुइटा मात्र सन्तान डोहोर्‍याएर सुखी शालिन परिवारको स्वाङ गर्दै घाम अस्त मदिरामा मस्त, चोकमा रल्लिने र हल्लिने हल्लनदासहरू नै मानव लोपोन्मुख अवस्थाका पृष्ठपोषक हुन् । आलस खाँदै आलस्यले मुन्टो बटार्दै दुईमात्र सन्तान ईश्वरको वरदान भावी पुस्तालाई घोकाइ रहेका छन् । निसन्तान रहन रुचाउने पनि यसै पृथ्वीमा छाँद हालेर बाँचिरहेका छन् । यसै तामसी सोचाइको कारणले गर्दा नै मानवले मान्छेको श्रीवृद्धि विपरित अप्ठ्यारो नमानी अधोगति समाइरहेका छन् । अधोगतिमै रमाइरहेका छन् ।

उत्तरआधुनिक उत्पादन चलनचल्तीको सरोगेस बेबीलाई अल्छी र कायर मानवको कारखाना नै मान्न सकिन्छ । भाडाको कोखले सन्तानको सोख त पुरा होला तर परम्परा संस्कार संस्कृतिमा छाडापन भित्रिन्छ र कोरोना भाइरसले झैं उपचार गर्नै नपाई क्षणभरमै सखाप र सोत्तर पार्छ । अनेकथरि विकृति र विसंगतिको भेउ पनि नपाउने मानव कसरी बुद्धिमानी र विवेकी बन्न सक्यो ? छाडाले एकदिन दुनिया छक्क पर्ने गरी चोकमा घुँडा टेकेर सार्वजनिक रूपमा आत्मसमर्पण अवश्य गर्छ । उद्देश्य प्रष्ट छ त्यो के भने भ्रुणर् उत्पादन गरेर दिसा, पिसाब, थाङ्ना, र्‍याल, खकारमा डुब्नु भन्दा निसन्तान या सीमित सन्तानले नै मानव जुनी सुखी निरोगी र दीर्घजीविको लघुताभासले मान्छेमा मानवता मरिरहेको छ । मान्छेकै कारण मानव अस्तित्वको संकट दैनिकजसो नजिकिरहेको छ । निसङ्कोच मान्छेले मान्छेको खिल्ली उडाइरहेको छ । मानव गतिविधिले जुन बाटो समाइरहेको छ त्यसलाई हीनताबोध र मानव विवेकले हार खाएको संकेतको रूपमा स्विकार्न कर लाग्छ ।

हाम्रा बाजे बराजुका पालामा सन्तान श्रीवृद्धि हेतु जन्मिएर तीनपाते नभई “यो मेरो है” भन्दै अग्रिम बुकिङ बैना गरेर राख्थे । सन्तानप्रतिको चिन्तन चिताइ नसक्नु थियो र पो सन्तानले डाँडाकाँडा ढाकिन्थ्यो । भन्नेले पनि भन्ने गर्थे “जसको सन्तान उसको धन जसको भैसी उसको वन” । त्यसैको तिर्सनाले गर्दा नै एउटी कन्या बाँझी भए अर्की ल्याउने । त्यसले पनि नभए तेस्री, चौथी, सातौ, दशौ, एघारौ मुसाले मंसिरमा दुलही भित्र्याएझै सकेको सिहारेर सबै मातृभूमिलाई जिल्याउँदै केलाउँदै खेलाउँदै जसरी तसरी जर्जर हुन नदिई उर्वर बनाउन जोस र जाँगर लगानी गर्थे । त्यस किसिमको जोस सोच जाँगरको अनिकालको असर अहिलेका जेठा जेठी, माइला माइली, साइला साइली, काइला काइली, ठाइला ठाइली, अन्तरे, जन्तरे, लखन्तरे, ठूलोकान्छो र कान्छोमा परिरहेको छ । खै ति भाइ बहिनीहरु कसका कारणले लोप भए ? कसले छानबिन र अन्वेषण गर्ने ? कसले हुटहुटी र प्रेरणा दिने ? न सरकारलाई फुर्सद छ न युवा जमातलाई । पालन पोषण सिहार सम्भार गर्ने झन्झट, महँगी र आधुनिकता र आलस्यताले गर्दा भाइबहिनीहरु फैलिने भन्दा वैलिनेक्रमले जितिरहेको छ । सन्तानको सङ्कट विश्वव्यापी रूपमा नजिकीरहेको छ । यसमा जनता सरकार र विश्व नै दोषी छ । सबै आधुनिकताको नाममा मैमत्तु, उन्मत्त र उन्मुक्त छन् । यसो गर त्यसो गर यो राम्रो त्यो नराम्रो कसले अराउने कसले सिकाउने ? त्यसैले होला गायक रामकृष्ण ढकालले गीतै गाए- “ओराली लागेको हरिणको चाल भो । बाँचुन्जेलसम्म पनि मरेकै हाल भो । छल गर्‍यो मायाले ।”

शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की

फोन नं. ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x