साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकुलमाथि

मेचमा विराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन् कि पीङ खेल्दछन्, टेबिलको र मेचको वीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्

Nepal Telecom ad

मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।

कोठामाभन्दा बगैंचामा प्रकृतिको नजिक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाइको भर्खर अविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहे झैं लाग्दछ ।

मलाई त्यस बेला सच्चा नेपाली भए झैं लाग्यो । मेच र टेबिलको अत्याचारबाट छुटेको बेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुण्ड्याएर बनकर जस्तो गरी बस्तो रहेछ ।

मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्याक्तिमा चञ्चलता हुन्छ किनकि अप्राकृतिक तवरले आधूनिक आसनीमा गोडा पिडौलालाई प्राकृतिक तालीम छैन । ऋषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्मासनमा, एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरूदण्ड सीधा गरेर खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचमा विराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन् कि पीङ खेल्दछन्, टेबिलको र मेचको वीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन् र अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्ल मन लाग्छ कहिले उता । फर्कदा पनि खर्‍याकखुरूक आवाज नगरी फर्कन सक्दैन र यसको मुख्य अवगुण त्यस बेला थाहा हुन्छ, जब भाषापरिषदमा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजमा खर्खराउँछन् ।

फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्ट्याउँछ र छातीको भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसले बुझ्दछ जसले प्रयोग गथ्र्यो । तर आजकालका ठिटाहरूसँग खालि घण्टौंसम्म बहस गर्नु उनीहरू बुझ्दैनन् ।

टेबिल मेचको भक्तले मन्दछ, ‘हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसंग उच्च आसनमा बसेर रवाफिलो तवरले लेखपढ गर्दछौं ? मानौं सिंहासन छ । सुकुल लेखकका मगजबाट के फूर्ति र रवाफ निक्लन सक्ला ?’

यस्ता मान्छेहरू ती हुन् जो संस्कृत भन्दा नाक चेप्राउँछन् । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन् र प्राचीन आर्यसभ्यतामा नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्, थचक्क बस्न सक्तैनन् । टाउको तल्तिर फर्कको पुतली आफूलाई अप्राकृतिक सम्झदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन् ।

महात्माहरू पलेटी मारेर दुनियाँ बुझ्दछन् तर माष्टरहरू नेचमा डटेर दुनियाँलाई बुझाइरहेछन् । के नक्कल, उल्था, उतार र आधुनिक अज्ञान ?

‘लक्ष्मी निबन्ध संग्रह’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढे

साँढे

लक्ष्मीप्रसाद देवकोटा
हास्य रस

हास्य रस

लक्ष्मीप्रसाद देवकोटा
जुँघा

जुँघा

लक्ष्मीप्रसाद देवकोटा
प्रभुजी, भेंडो बनाऊ

प्रभुजी, भेंडो बनाऊ

लक्ष्मीप्रसाद देवकोटा
कविराजको च्याङ्ग्रे खच्चर

कविराजको च्याङ्ग्रे खच्चर

लक्ष्मीप्रसाद देवकोटा
0
Would love your thoughts, please comment.x
()
x