साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला पृथ्वी जयन्ति एबम् राष्ट्रय एकता दिवस विशेष कव्य समारोहको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पुष २७ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला पृथ्वी जयन्ति एबम् राष्ट्रय एकता दिवस विशेष कव्य समारोहको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं बरिष्ठ साहित्यकार डा. बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जितालीले चन्द्रागिरि साहित्य प्रतिष्ठानले हरेक हप्ता बुधवार संचालन गर्ने कार्यक्रम कुनै न कुनै विषय र विधामा सन्चालन हुन्छ, त्यसमा आज पृथ्वी जयन्तीकै दिन पर्नु पनि एउटा गर्वको कुरा हो भन्नु हुँदै १६ वर्षपछि राज्यले पनि भव्य रुपमा एकता दिवस मनाएको खुशी थपिएको छ भन्नु भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानले सकृय साहित्यिक कृयाकलाप गरेको पाइरहेको छु ज्यादै खुशी लागेको छ । तपाईहरूको सकृयता विशेष गरि जनार्दन धड्कनजीको साहित्य प्रतिको मोह र सेवा नै उच्च देखिएको छ भन्नु हुँदै आफ्नो रचना सुनाउनु भयो ।

विष्ठ अतिथि कलानिधि दाहालले १३६औं श्रृङ्खला असाध्य राम्रो रुपमा एकताको सन्देश बोकेका कविता, खोरिया, उदक, सुसेली नयाँ विधाहरू पनि पृथ्वी विशष रुपमा सुन्न पाइयो भन्नु भयो । विशिष्ठ अतिथि गंगा लिगल, मणीराज सिंहले चन्द्रागिरिको हरेक हप्ताको कार्यक्रमले धेरै नयाँ स्रष्टा धेरैले अबसर पाएर लेखनीमा खारिदै जाने स्थिति बनेको प्रष्ट छ । यसले विश्वभरका स्रष्टालाई एउटै छाता मुनी जोडेर रचनात्मक आदानप्रदान गराइरहेको छ भन्नु भयो ।

चूडा निर्भिकको कुशल उद्घोषणमा भएको काव्य गोष्ठीमा लक्ष्मीप्रसाद मिश्रबाट खोरिया र सुसेली मार्फत स्वागत गर्नु भएको थियो । अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमशः खगेन्द्र बस्याल, आर्त अकुलिन, पूणर् परसाद पन्त, उत्तम भेटवाल, अनुराधा थापा, भवानी घिमिरे, हरिप्रसाद घिमिरे, चन्द्रावती अधिकारी, शारदा आचार्य, उर्मिला पन्त, चन्द्रा न्यौपाने, घनश्याम पौडेल, शोभा कडरिया, रेणु घिमिरे, सुरेश घिमिरे, संगिता ठाकुर, लगायत २६ जना सर्जकहरूले आ-आफ्ना कविता, खोरिया आदि रचनाबाट पृथ्वी जयन्ति भव्य बनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको लेखनको सैद्धान्तिक अवधारणा प्रष्ट पार्नु हुँदै खोरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार खोरिया लेखन अभ्यास गरिरहनु भएको बताउँदै यहाँहरू नियमित समय दिएर जोडिनु भएकोले नै आयोजकले खुशी ग्रहण गर्न पाएका हौं भन्नुभयो । उहाँले प्रमुख अतिथि, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गर्नु भई आफ्नो पृथ्वी विशेष खोरिया, छन्द कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x