साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार घतानीको ‘दृष्टिकोण’ कथासङ्ग्रह लोकार्पण

विशिष्ट अतिथि मदन ओझा , तेजमान बराइली तथा जीवन लाबरले कथाकार जिनर घतानीलाई सृजनशील शुभकामना व्यक्त गरेका हुन् ।

Nepal Telecom ad

मिरिक, मार्च ९ तारिख २०२३ तदनुसार चैत २६, २०७९ । भारतीय भूगोलअन्तर्गत दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाको स्थानीय फुवागढी सार्वजनिक भवनमा एउटा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो । साहित्य सुनौँ परिवार मिरिकको आयोजनामा स्रष्टा जिनर घतानीद्वारा लिखित पहिलो कृति ‘दृष्टिकोण’ कथा सङ्ग्रहको सार्वजनिकीकरण भएको हो ।

त्यसो त साहित्य सुनौँ परिवार मिरिक त्यस क्षेत्रको साहित्यिक संस्थाहरूमध्ये एक अनवरत, कर्तव्यनिष्ठ र अभिभावकप्रदत्त संस्थाको रूपमा आइरहेको छ भन्ने कुरा अनुमान गर्न त्यसैका कार्यहरूले प्रमाणित गरेको बुझिन्छ । कहिले बालबालिका सम्बन्धी, कहिले नारी सम्बन्धी, कहिले नवप्रतिभा सम्बन्धी, कहिले अग्रजपुस्ता सम्बन्धी, कहिले स्रष्टा सम्बन्धी केही न केही साहित्यिक रचनात्मक कृयाकलाप गरिरहेकै पाइन्छ । यसरी गणितविहीन सृजनात्मक कार्यक्रमहरू नियमित गर्न सक्नु एउटा बिनाश्रोतसाधनको संस्थाको हुटहुटी चानचुने कर्म र खोयाको घर भने हुँदैहोइनन् ।

कार्यक्रममा साना नानीहरूको कलिला सृजना कलिला रविकिरणसँगै प्रस्तुत भए भने रचनाहरू वाचन, सम्मान कार्यक्रम, विशेष बैयक्तिक सृजनाका क्षेत्र र व्यक्तिगत शुभकामना आदानप्रदान पनि भए । सृजनामा भएका प्रगतिमा सबै सृजनशील मनहरूको तर्फबाट ऊर्जास्वरूप सद्भाव/सम्मान पनि एकअर्कामा आदानप्रदान भए ।

कार्यक्रम मिरिकको फुवागढी सार्वजनिक भवनमा स्थानीय समयअनुसार ठीक ११ बजे शुरु भएको थियो । संस्थाका अध्यक्ष साहित्यकार राजबहादुर राईको अध्यक्षता, साहित्यकार जीवन लाबरको प्रमुख आतिथ्य, कवि मदन ओझाको विशिष्ट आतिथ्य तथा स्रष्टाहरू- पीएल जोशी, तेजमान बराईली, डा.साङ्मु लाप्चा, उर्मिला घिसिङ, शीला गुरुङ, हिरण लकान्द्री, विनेश प्रधान, पेमा लामा, ग्याल्बो लामा, एमएल दियाली, अमर दुङ्माली, सुदर्शन अम्बटे, डीपी सशांकर, अशोक सेन्चुरी, बीबी विश्वकर्मा, राधा रसाइली, विनय सेन्चुरी र रमेश गजमेर आदि अतिथिहरूको बृहत् उपस्थिति थियो ।

संस्थाका पदाधिकारीद्वय अध्यक्ष राजबहादुर राई र सचिव शीला लामाले तोरण उठाएपछि शुरु भएको कार्यक्रममा मञ्चासिन अतिथिहरूको बाहुलीबाट विद्याकी देवी सरस्वतीको तस्विरमा पुष्पगुच्छासहितको दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो हो भने सम्पूणर् सहभागीहरूलाई खादार्पणले स्वागत पनि गरिएको थियो । साई समिति फुवागढीका स-साना नानीहरू- मेघा खवास, दृष्य खवास, संस्कृति खवास, यूनिक सुब्बा, हृदय तामाङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी रचनात्मक कृयाकलापअन्तर्गत शिवानी रसाइली र रोहिणी तामाङले नेपाली गीत प्रस्तुत गरे भने अजम प्रधान, साङ्मु लाप्चा, शर्मिला प्रधान, ऋृतु खवास, सुदर्शन अम्बोटे, सुनिता प्रधान, मनोहर शर्मा, विलास तामाङ, सञ्जित तामाङ, सन्ध्या सुब्बा र विनोद खातीले कविता वाचन र गणेश बराईलीले लघुकथा प्रस्तुत गरेका थिए ।

थप सन्दर्भका लागि शीला लामाले मिरिक क्षेत्रमा हुँदैआएका साहित्यिक गतिविधिहरूअन्तर्गत साहित्यिक कृतिहरूको नियमित प्रकाशन तथा सार्वजनिकीकरण भइरहनुलाई प्रगतिको सूचकको रूपमा लिइन् भने विशिष्ट अतिथि मदन ओझा , तेजमान बराइली तथा जीवन लाबरले कथाकार जिनर घतानीलाई सृजनशील शुभकामना व्यक्त गरेका हुन् ।

सृजनाका हिसाबले नवपरिचित स्रष्टा जिनर घतानीका भूतपूर्व शिक्षिका उर्मिला घिसिङले नवदुलहीस्वरूप ‘दृष्टिकोण’ कथासङ्ग्र्रहको संक्षिप्त परिचय र कमला तामाङद्वारा कथाकारको परिचय राखिएको थियो । यसै अवसरमा कथाकार जिनर घतानीकी पुत्री शुभेच्छा घतानीद्वारा लिखित ‘पानीको संरक्षण’ नामक शोध पुस्तक पनि मिरिक नगर पुस्तकालयलाई उपहारस्वरूप हस्तान्तरण गरिएकोमा यसैको सद्भावस्वरूप नगर पुस्तकालय अधिकारी शीला गुरुङ, पुस्तकालय अध्यक्ष गणेश बराईली, सचिव सुकबहादुर गजमेर आदिद्वारा खादार्पणसहित आभार व्यक्त गर्दै डा.शुभेच्छा घतानीलाई थप शुभकामना तथा सम्मान व्यक्त गरेका थिए ।

अझै पनि आजका कार्यक्रमका प्रमुख अतिथि जीवन लाबरलाई संस्थाको र ‘दृष्टिकोण’ को सर्जकका तर्फबाट आभार व्यक्त गर्दै शुभकामनासहित स्मृति चिह्न प्रदान गरिएको थियो । त्यसो त आफ्नो भनाइको क्रममा कथाकार जिनर घतानीले सम्पूणर् आयोजक टीमप्रति हृदयतः सधन्यवाद दिएका थिए । उसै गरी आजका कार्यक्रमका अध्यक्षसमेत रहेका साहित्यकार राजबहादुर राईले कथाको सीप र शिल्पको बारेमा जोड दिए मात्र कथा कथाको रूपमा स्थापित हुने कुरालाई सार्वजनिक गरेका थिए । अन्त्यमा लेखक परिवार- घतानीपत्नी र छोरी डा.शुभेच्छा घतानीलाई नागरिक अभिनन्दन पनि गरिएपछि कार्यक्रम भव्य र सभ्य रूपमा समापन भएको उपस्थित सबैले अनुभूति गरेका थिए ।

शीला लामाद्वारा स्वागत तथा औचित्य प्रस्तुत गरिएको कार्यक्रममा दीप प्रधान र विनोदसिँह खातीद्वारा सहजीकरण गरिएको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।

०००
-मेची प्रतिनिधि नदी भट्टराई, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x