सुलसुलेकवि गणेशप्रसाद नेपालको ‘समयका कविता’ लाेकार्पित
कार्यक्रममा प्रमुख अतिथि चूडामणि रेग्मी, अतिथिहरू होम सुवेदी, गणेश पोखरेल, मुनाराज शेर्मा तथा चिन्तामनि दाहालले कवि गणेशप्रसाद नेपाललाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो ।

झापा, ०८० कार्तिक ६,। वर्तमान साहित्य प्रतिष्ठान, चन्द्रगढीले आयोजना गरेको कवि गणेशप्रसाद नेपालको तेस्रो कृति ‘समयका कविता’ (कविता सङ्ग्रह)को लोकार्पण कार्यक्रम सम्मािन्न भयाे ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता, सुप्रसिद्ध साहित्यकार, भाषाशास्त्री, प्रसिद्ध समालोचक गुरु चूडामणि रेग्मीको प्रमुख आतिथ्य, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्राज्ञसभासद मुनाराज शेर्मा, सहप्राध्यापक होम सुवेदी, तारा विविध, पुण्यप्रसाद खरेल, भद्रपुर कला साहित्य तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष चिन्तामनि दाहाललाई मञ्चमा आतिथ्यमा सम्पन्नन भएकाे हाे ।
विधिपूर्वक कार्यक्रम सञ्चालक प्रतिष्ठानका सचिव विकास पाण्डेले अघिबढाएर प्रमुख अतिथि लगायत मञ्चासिन अतिथिहरूबाट सामुहिक रूपमा कृति लोकार्पण गराउनु भएको थियो ।
कवि गणेशप्रसादका सुपुत्र तथा वर्तमान साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.रत्नमणि नेपालले स्वागत मन्तव्य व्यक्त गरेर अघि बढेको यस कार्यक्रममा लोकार्पित कृतिको परिचर्चा कवि लता खरेल तथा समीक्षक तारा विविधले विहङ्गम रूपमा गर्नुभएको थियो ।
आरती पोखरेलले लोकार्पित कृतिका कविता वाचन गर्नुभएको यस कार्यक्रममा प्रमुख अतिथि चूडामणि रेग्मी, अतिथिहरू होम सुवेदी, गणेश पोखरेल, मुनाराज शेर्मा तथा चिन्तामनि दाहालले कवि गणेशप्रसाद नेपाललाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो भने कवि गणेशप्रसाद नेपालले आफ्नो कविअनुभव व्यक्त गर्नुभयो ।
अन्तमा उपस्थित सबैप्रति धन्यवाद आभार व्यक्त गर्दै संक्षिप्त मन्तव्यसहित अध्यक्ष डिल्लीरमण नेपालले कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा लेखनाथ पुस्तकालका अध्यक्ष हरि नेउपाने, सचिव हरिकिशोर आचार्य, पूर्व अध्यक्षहरू विरही अधिकारी, नवराज घिमिरे, कविहरू राजेश ढुङ्गाना, नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, देवेन्द्र ढुङ्गाना, फणिन्द्र पोखरेल, पर्वत पोर्तेल, कविता नेपाल, हिरा पोखरेल, घनेन्द्र शर्मा, लक्ष्मी पौडेल, गणेश गिरी, भरत प्रसाईं, पङ्कज भुर्तेल, खगेश्वर कोइराला, उत्सव नेपाल, टङ्क पाख्रिन, गोविन्द लम्साल, सन्तोष कोइराला, प्रज्ज्वल कोइराला, देवीचरण भण्डारी आदिलगायत सयौंको उपस्थिति थियाे ।
०००
झापाबाट पुन्य खरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest












































