साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्टिविहीन र दूध

एकपटक एउटा जन्मजात दृष्टिविहीन मानिसले देख्ने मानिसलाई सोध्यो, “दूधको रङ्ग कस्तो हुन्छ ?”

Nepal Telecom ad

मुल लेख : लियो टल्सटाय

एकपटक एउटा जन्मजात दृष्टिविहीन मानिसले देख्ने मानिसलाई सोध्यो, “दूधको रङ्ग कस्तो हुन्छ ?”

अनि त्यो देख्ने मानिसले भन्यो, “दूधको रङ्ग कागजको रङ्गजस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसको रङ्ग हातमा कागजझैँ सर्सराउँछ ?”

देख्ने मानिसले भन्यो, “होइन, यो पीठो जस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसो भए, यो पीठोजस्तै नरम र धूलो हुन्छ ?”

देख्ने मानिसले भन्यो, “होइन, यो सेतो खरायोजस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसो भए, के यो खरायोजस्तै नरम र भुवादार हुन्छ ?”

देख्ने मानिसले भन्यो, “होइन, यो हिउँजस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसो भए, के यो हिउँजस्तै चिसो हुन्छ ?”

अनि त्यो देख्ने मानिसले अनगिन्ती उदाहरणहरू दियो, जति गरे पनि दृष्टिविहीनले दूधको रङ्ग कस्तो हुन्छ भनेर चिन्न सकेन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x