साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार वितरणमा नयाँ युक्ति

यो ‘तम्बुलाल हरिविरहिदेवी बागेश्वरीकला झम्पललाल धनकल्याण स्मृति पुरस्कार बैठान प्रतिष्ठान’ का ता उनी आजीवन अध्यक्ष हुन् । उहिलेदेखि नै यिनले यस समाजमा केही न केही गरिरहेकै छन् । सामाजिक सेवामा यिनको हात छ ।

Nepal Telecom ad

“उता ‘चटकलाल, जठरबली ठनमाया स्मृतिकला कल्पपल्ली स्मृति प्रतिष्ठान’को पुरस्कार वितरणमा कति सजिलै कुरा मिलाइएको थियो, यसमा भने कम समस्या परेको होइन । बल्ल बल्ल कुरा मिलाइयो । यो सचिवको पोस्टमा अचेलको केटो परेछ । बेर्थमा झोंकिन्छ । कहिले के भन्छ, कहिले के भन्छ । कहिले के बिङ्गो लगाउँछ त कहिले के । अनि कहिले अकास पतालका कुराहरू झिक्छ, युवा पुस्तालाई दिनुपर्छ पनि भन्छ । नसकिने भयो बा… । सचिबको भनाइमा ता यो पुरस्कारका संस्थापक तम्बुलालका नातिले ता उसैको छोरालाई यसपालिको पुरस्कार दिनुपर्ने प्रस्तावै पो राखेको छ अरे । मैले यी सबै कुरा सुन्नै मानिनँ । अब सुनेर पनि हुन्छ ? यिनीहरूबाट बचाएर यो पुरस्कारलाई आफूले खाएको मान्छेतिर पार्न मलाई सानो हम्मे परेन ! त्यही पनि आधा मात्र । आधा भए पनि अलिकति काम ता काट्छ नि मेरो सालाले ।”

लामै गनगन गरेका बुढा आज निकै निरास जस्ता देखिए । उनी आफैसँग आफैैं गनगनाउँदै थिए, मलाई सुनाउने उनको इच्छा थियो भन्ने मैले बुझिरहेको थिएँ । मैले सुने पनि नसुनेको भान गरिरहेको थिएँ । उनी मेरै सामुन्ने परेर आफ्नो मनको बह पोखिरहेका थिए । यी यस समाजका अलिक चल्ताफिर्ता, पञ्चायतकै पालादेखिका मान्छे । अझ यो ‘तम्बुलाल हरिविरहिदेवी बागेश्वरीकला झम्पललाल धनकल्याण स्मृति पुरस्कार बैठान प्रतिष्ठान’ का ता उनी आजीवन अध्यक्ष हुन् । उहिलेदेखि नै यिनले यस समाजमा केही न केही गरिरहेकै छन् । सामाजिक सेवामा यिनको हात छ । ‘तम्बुलाल हरिविरहिदेवी वागेश्वरीकला झम्पललाल धनकल्याण स्मृति पुरस्कार बैठान प्रतिष्ठान’ मा उनी निवर्तमान सभापति हुन चाहन्नन् । उनले गुनासो गरे फेरि । “हन कस्तो हो तिनको बेभार पनि ? म ता अचम्मै परिसकें । यो पुरस्कार दिनुमा पनि ठेक्का पार्ने कम्पनीसँग रुपियाँ वा गाडी र मोटर साइकल मागेजस्तो पो गर्छन् त आजको केटाहरू पनि । अब यस पालिदेखि म यसरी सक्तिनँ भनेर नै भनिदिएँ । होइन भने सभापतिलाई अधिकार ता हुनुपर्छ नि कसलाई दिने, कति दिने, कसरी दिने के किर्टेरिया बनाउने भन्ने । एउटा उ ता हुनुपर्छ नि सभापतिलाई ।” उनी फेरि पनि एक्लै फत्फताए । तिनको त्यो फतफत सुनेर मलाई पो दिक्क लाग्यो ।

“किन यसरी कराउनु भएको ?” मैले उनलाई सोधें । “होइन तपाईंका सालाको पालो थिएन त यसपालि पुरस्कार पाउने ? अस्ति त्यसै भन्नुहुन्थ्यो । पार्न सक्नु भएन यस पालिको पुरस्कार तपाईंको सालोलाई ?” उनको गनगन नसुनेझैं गरी मैले फेरि सोधें उनलाई ।

“नपारी कसरी भयो त मेरो सालोलाई ? सभापति भएको के काम त ? उसको पालो निकै पर पुग्ला जस्तो भो भयो ए । यति मात्र हो र भाइ, म निःस्वार्थ रुपमा पुरस्कार बाँड्नुपर्छ भन्छु । यसपालि यो सचिबको साथी चन्द्रबहादुर जाठरिमल एन्ड कम्पनीको मालिक छ नि, हो उसलाई तपाईं पनि चिन्छौ क्यारे, हो त्यसैलाई दिनु पर्छ भनेर ता बिच्छट्टै पो विरोध गर्छ ए ! म ता पड्काइदिऊँ जस्तो पो लाग्या, कसो थामिएँ ।”

“सचिबैले विरोध गरेपछि ता अलिक अप्ठेरो पो पर्‍यो क्यारे । सचिबको मान्छे त्यो तपाईंले के नाम भन्नु भो नि, ऊ पनि साहित्य गर्छ र ?” मैले सोधें ।

“मलाई के थाहा ? सचिबले भनेको मान्छेले ता केही साहित्य गरेको थाहा भएन, कहो गर्दो पनि हो । अचेल साहित्य गर्न कुन भारी बात भयो र ? अचेल ता गजल गर्दा पनि कविकार भइहालिन्छ नि । उसले कति कवित्तहरू गरिसक्यो होला । कति गजल गरिसक्यो होला । कति ता कथाहरू पनि गरिसक्या छ होला । युवापुस्ताको मान्छे हो । कतै ठेस लाग्न सक्छ, कतै प्रेममा टिजेडी नै पर्‍या हुन सक्छ । लेख्यो होला नि । लेख्न कुन भारी बात भो आज । अनि लेख्यो भन्दैमा जसलाई पायो उसैलाई मनपरीसँग पुरस्कार दिइहाल्नु हुन्छ त ? नानाभाँतीका कुरा गरेर मलाई फकाउन खोज्छ । कति पात्तिएको परेछ यो सचिब ता । आउँदो कार्जेसमितिमा यसलाई नफेरी भएन बा…”

“ए उसो भने यो त नेपाली साहित्यको एक….”

मेरो कुरा काट्तै उनले बिचैमा भने— “यो नेपाली साहित्येको एक असल कविकार हुने छाँट बोकेको कविकार हो भन्छ । त्यस्ता गजल्नेहरू र कविताउनेहरू ता कति छन् कति सबैलाई पुरस्कार दिएर हुन्छ ?”

“तर सचिबले सिफारिस गरेको त्यस कविकारले गरेका कवित्तहरू ता मैले उति पढेको पो रैनछु, के के लेखेको रैछ उसले ?” मैले वास्तवमै थाहा पाएको थिइनँ । सचिबले नै सिफारिस गरेपछि केही महत्वपूणर् नै हुनु पर्ने हो भन्ने ठानेर मैले सोधें ।

“तपैंले जसरी नै मैेले उससँग सोधेको ता अब तपाईं पनि कुन दुनियाँमा छौ भनेर मलाई पनि उल्लु पो बनाउँछ त । उसले ता अलिकताले मात्र पो दमन पुरस्कारबाट वञ्चित हुनुपरेको थियो त भनेर पनि भन्छ ।”

“के लेखेको रैछ त उसले त्यस्तो विधिको ?” सोधें फेरि ।

“मेरो सचिबले भने बमोजिम कवित्तकै कुरा गर्छौ भने दैनिक पत्रिकाहरूमा धेरै निस्क्या छन् अरे । इस्कुलमा पढ्दा भित्ते पत्रिकाहरूमा पनि उसले धेरै लेख्या छ अरे । यो छापा पत्रिकाहरूमा पाठकपर्तिकिरिया इस्तम्भ हुन्छ नि, हो त्यसमा उसका कवित्त, गिजोल र चिठीचपेटाहरू निकै नै छापिएका छन् भन्थ्यो । युवा पुस्ताको मान्छे हो । बजाज पल्सरको स्थानीय थोक विक्रेता हो, भोलिको जल्दोबल्दो सम्भावना बोकेको मान्छे हो । चाहिएको बेला जति लगानी पनि गर्न सक्छ । उसलाई हौसला मात्रै होइन, पुरस्कारै दिनु पर्दैन त भनेर मलाई धुइँ गर्‍यो ।”

“ए अनि कुरा मिलाउनुभयो त ?”

“बल्ल बल्ल नि, त्यही पनि सट्टापट्टामा मिलाएँ ।”

“कस्तो हो त्यो सट्टापट्टाको कुरा ?” मैले सोधें ।

“अब मैले भनेको मान्छेलाई यसपालि नदिएर तिम्रो सालोलाई दिन्छौ भने अर्को पालाको पुरस्कार मलाई दिनुपर्छ पो भन्छ । यो पनि चित्त बुझ्दो कुरा भयो र ? लौ तपाईं नै भन त !”

“सचिबले नै अर्कोपालिको पुरस्कारको लागि दावा गरेपछि कसरी मिलाउनु भयो त ? अदक्षे भएपछि तपाईं्रले फस्र्याउनु ता पर्‍यो नै होला । फेरि उसका किर्तीहरू के कति छन् ? अनि अर्को साल कसरी दिने उसलाई ?”

“लेखेको भए पनि अर्को पालिलाई सट्टापट्टामा कुरा मिलाउने थिएँ, उसले केही लेखेको पनि छैन, अब भोलिदेखि नै लेख्न थालिहाल्छु भन्छ । के जानी । लेख्ला कि नलेख्ला नि । केही लेखेन भने पनि अर्को सालको पुरस्कारको दाबा नै गरेपछि ता पछि परिने नै भयो । अघिबाटै बुकिङ गर्ने पनि हो र पुरस्कार ? यसैले अर्के बाटो लागेर कुरा मिलाएँ । फस्र्याएँ ।”

“कसरी फस्र्याउनु भयो त ?”

“फस्र्याउनु नै पर्‍यो नि अब । नत्र उसले अहिलेदेखि नै अर्को सालको पुरस्कारको घोषणा गर्न मात्र बाँकी राखेर सबै कुरा अहिले नै गरिहाल्नुपर्छ भन्छ ।”

“उसो भए कसरी मिल्यो त कुरा ?”

“आधा आधा पारेर मिलाइदिएँ ।”

“हँ कसरी त्यसरी मिल्यो त त्यसरी ?”

“मिल्यो कसै गरी । फस्र्याएँ नि कसै गरी । म पनि उहिलेदेखि नै यस्ता काममा फस्र्याइआएको मान्छे पो त ।”

“कुरा कसरी फस्र्याउनु भयो त ?”

“बरु मरोस् यस पालि यसैलाई आधा पुरस्कार दिनु पर्‍यो, आधा आफ्नै सालालाई दिनु पर्‍यो भन्ने विचार गरेर कुरा मिलाएँ । पुरस्कार पाउने सालो आखिर मेरै ता हो । उसलाई चूप लगाउन मैले जानेकै छु । भिनाजु पो त म उसको । उसलाई कुखुरापालनमा पैसाले चोट्टे परेको मलाई थाहा थियो । बरु उसलाई आधा र सचिवलाई आधा पारेर बाँडिदियो टन्टै खलास ।”

‘पुरस्कार सबै पाएँ भनेर मेरो सालोले भनिदिन्छ । आधा सचिबले लिन्छ, आधा उसले लिन्छ । कुरा मिलेन त अब ?” उनले भने ।

“हो मिलेछ ।” मैले भनें ।

अनि म सोचमा परें । सचिब निकै बाठो परेको जस्तो लाग्यो । अर्को अर्को सालको पुरस्कारबाट पनि आधा आधा लिँदै गयो भने उसको पनि खायोजियो चल्ने कुरा मैले सोचें । यसबाहेक उता सभापतिको बठ्याँइँ देखेर मलाई अभैm अचम्म लाग्यो । सभापतिका साथ कुरा मिलाउन पाए ता मैले पनि आधा वा चौथाइ हिस्सा पुरस्कार पाउँथे कि यत्रो निबन्ध नै लेखेको मान्छे परें भन्ने सोचेर म चूप लागें । हेरौं बुढा ता आखिर मेरोमा पनि ता आइरहन्छन् नि । कुरा अहिल्यैदेखि राख्तै गएँ भने कुनै सालको पुरस्कार कसो नपाइएला, बरु दिने नि आधा सचिबलाई । सोचें मैले । बूढा भने लौरो टेकेर ओरालो लागे ।

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x