हरिशंकर परसाईंअनुशासन
यिनले त कांग्रेसलाई भोट दिन्छु भनेका थिए भन्ने कुरो मलाई सम्झना भयो र मैले उनीसित सोधें - के त ? उसो भए तपाईंले जनता पार्टीलाई भोट दिनुभएको थियो ? उनले भने - अफ्टर अल हामी सरकारी जागिरे हौं नि त !

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
एकजना शिक्षक थिए । उनी सरकारी जागिरे थिए । शिक्षककी पत्नी बिरामी थिइन् । अस्पतालमा थिइन् । त्यसै अवस्थामा उनको सरुवाको आदेश जारी भयो । शिक्षा विभागका ठुलै अधिकारी उनकै टोलमा बस्थे । उनको भवन शिक्षकको घरबाट पनि देखिन्थ्यो । उनी जब त्यस भवनको अगाडिबाट हिँड्थे तिनलाई आदरपूर्वक ‘नमस्ते’ गर्थे । शिक्षकले सोचे यिनै अधिकारीलाई भनें भने सके उनले हालका लागि मेरो सरुवा रोकिदिन सक्छन् ।
उनी अधिकारीको घर गए । बरन्डामै उभिएका अधिकारीले सोधे, ‘किन ? के भयो र ?’
– सर, एउटा निवेदन छ ।
– भन्नुस् ।
– मेरी पत्नी अस्पतालमा भर्ती छन् । उनी निकै बिरामी छन् ।
– अनि के त ?
– मेरो सरुवाको आदेश भएको छ ।
– अनि के त ?
– सर, कृपा गरेर हालका लागि मेरो सरुवा थमौती गरिदिनुभए…..!
अधिकारी रिसाए । उनले भने – तिमीलाई अनुशासनका नियमहरूका बारेमा केही थाहा छ कि छैन ? तिमी सोझै मलाई भेट्न कसरी आइपुग्यौ ? तिमीले त प्रपर च्यानलमार्फत निवेदन पो दिनुपथ्र्यो । तिमीले आफ्नो हेडमास्टरको लिखित अनुमतिसहित मलाई भेट्नुपथ्र्यो । जाऊ, सरुवा थमौती हुँदैन । बरु तिमीलाई अनुशासनहीनताको स्पष्टीकरण पनि सोधिन्छ ।
शिक्षकलाई स्पष्टीकरण सोधियो । अबउप्रान्त हाकिमहरूलाई सोझै नभेट्नू भन्ने चेतावनी पनि दिइयो । शिक्षकले दुई महिनाको विदा लिए ।
एक दिन साँझ अधिकारीको घरमा आगो लाग्यो । वरिपरिका मानिसहरू आगो निभाउँदै थिए ।
शिक्षक भने बरन्डामा उभिएर हेरिरहेका थिए । आगो निभ्यो । धेरै नोक्सानी पनि भएन ।
भोलिपल्ट जब शिक्षक जाँदै थिए हाकिमसाहेब मूलढोकामै उभिएका थिए । हाकिमले भने – मास्टरसाहेब, हिजो साँझ मेरो घरमा आागे लाग्दा तिमीले उभिएर हेरिरह्यौ मात्र । आगो निभाउन आएनौ !
शिक्षकले नम्रतापूर्वक भने – सर, म विवश थिएँ । हेडसर बाहिर जानुभएको छ । उहाँको लिखित अनुमतिविना म कसरी आऊँ भनेर आइनँ । आगो निभाउन त प्रपर च्यानलमार्फत आउनुपर्ने हो नि त सर !
अफ्टर आम मानिस
उन्नाइस मार्चका दिन लोकसभाका लागि मतदान हुनु थियो । त्यति बेला सरकार कांग्रेसको थियो ।
अठार मार्चको साँझ म छिमेकका दुईतीन जनासित बसेर चुनावकै विषयमा कुरा गर्दै थिएँ र ‘उनी’ पनि थिए ।
एउटाले भने – भोलि त मतदान पनि भइहाल्छ ।
अर्काले भने – यसपालि जनता पार्टीको ठुलो जोरबल छ ।
उनले भने – हामीले त हजुरको कांग्रेसलाई नै भोट दिने हो । अफ्टर अल हौं त हामी सरकारी जागिरे नै ।
मतदान भयो ।
बाइस तारिखका दिन परिणामको घोषणापछि हामी फेरि बस्यौं र गफियौं ।
एउटाले भन्यो – अब त जनता पार्टीको सरकार बन्ने नै भयो ।
अर्काले भन्यो – कांग्रेसले यति नराम्रोसित हार्ला र जनता पार्टीले यसरी जित्ला भन्ने त कसैले सोचेका पनि थिएनन् ।
उनले भने – ठिक भयो नि त ! हाम्रो भोट जनता पार्टीमा काम लाग्यो ।
यिनले त कांग्रेसलाई भोट दिन्छु भनेका थिए भन्ने कुरो मलाई सम्झना भयो र मैले उनीसित सोधें – के त ? उसो भए तपाईंले जनता पार्टीलाई भोट दिनुभएको थियो ? उनले भने – अफ्टर अल हामी सरकारी जागिरे हौं नि त !
भयो ।
बाइस तारिखका दिन चुनावको परिणाम घोषणा भएपछि
०००
‘परसाईं रचनावली’
Subscribe
Login
0 Comments
Oldest
































