नवराज र शेषकुमारी पोख्रेलका सुपुत्र प्रह्लाद पोख्रेल २०१४ कार्तिक १२ गते रावा कुभिन्डे, खोटाङमा जन्मिनुभएको हो । तेह्रथुम निवासी पोख्रेल हाल काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर गर्नु भएका पोख्रेल सरकारी सेवाबाट निवृत्त हुनुहुन्छ । २०२८ देखि नै साहित्यमा प्रवेश गर्नु भएका पोख्रेलको पहिलो प्रकाशित कृति ‘आजको आकाश’ (२०४२) संयुक्त कवितासङ्ग्रह हो । उहाँका ‘जीवन्त यात्रा’, (२०५२), ‘गोसाइँकुण्ड’, (२०५६) लगायत हालसम्म सोह्रवटा काव्यकृति प्रकाशित छन् । उहाँबाट ‘अननुकरणीय’ (समालोचना चम्पू), ‘एक सय एघार सुभाषित’, (२०६६), लगायत झण्डै दुई दर्जन कृति तथा पत्रिकाहरूको सम्पादन गर्नुभएको छ । साझा प्रकाशनको महाप्रबन्धक (२०७८ साउन २७-२०७९ माघ २१) तथा गोरखापत्र संस्थान र नेपाल टेलिभिजनको सञ्चालक सदस्यसमेत हुनुहुन्छ । सम्पर्क नं. : ९८४१५३०१९१
ज्वलन्त स्रष्टाः व्यङ्ग्य शिरोमणि
१ बजाई व्यङ्ग्यको बाजा, जगाई जागृति-ध्वनि जल्ले चनाखो पारेथ्यो नेपाली जनजीवनी उही ज्वलन्त मान्छेको सम्झना गरिँदा
पुरा पढ्नुहाेस्किन ???
तन्नेरीजनहीन गाउँघर छन् रित्ता भकारी किन ?पैराले पुरिएछ खेत गतिलो बाँझै छ बारी किन ?निर्धो रुन्छ
पुरा पढ्नुहाेस्नयाँ वर्षको शुभकामना
मान्छे बन्न सकून् सदैव विजयी दुर्धर्ष सङ्घर्षमाहोस् सङ्घर्ष तथापि जीवन पुगोस् चूडान्तमा हर्षमायात्री पुग्न सकून् सरासर
पुरा पढ्नुहाेस्छन्दका तिन टुक्रा
१. जसको लठ्ठी उसको भैँसीताला डम्म विवेकमा हृदयका ढोका सबै बन्द छन्बोलीका व्यवहारका लयहरू सम्पूर्ण बेछन्द
पुरा पढ्नुहाेस्फागु वर्षा
मदनोत्सवको वेला होलीको लयमा रमीमनाऊँ फगुवा पर्व हर्षवर्षा नहोस् कमीहोली होस् कि त होस् फागु वर्षा
पुरा पढ्नुहाेस्

pralhad pokharel



























