साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नजिर

नाजुक स्थितिलाई मध्यनजर राख्दै दुबै छोराले आआफ्नो मासिक तलवको २५% रकम पिताको खातामा जम्मा गरेर सोको जानकारी वडालाई समेत दिनुपर्ने निर्णय सुनाए ।

Nepal Telecom ad

आर.सी. रिजाल :

“कति दिन यिनहरुको टर्राे वचन खप्नु । भोलि जे पर्ला सोही टर्ला, खाउन बाक्लो दाल” भनेर रामलालले आफ्नो जेथा तीन भाग लगाए ।साह्रोगाह्रोमा बाबुआमाको रेखदेख नगरे छिमेकीको भनाइ सुन्नुपर्ला ठानेर एकवर्षमै आफ्नो नामको जग्गा बेचेर छोराहरू सहरतिर घर जोड्न लागे ।

केही वर्षपछि विभिन्न रोगले बुढाबुढीलाई गाँज्दै ल्यायो । बृद्धभत्ताले औषधिमुलो गर्न नभ्याउने भएपछि छिमेकीको सल्लाह अनुसार नियमित औषधि खर्च छोराहरूले व्यहोर्नु पर्‍यो भन्न पुगे । दुबै छोराले आफ्नो जिउनी बेचेर समस्या टार्न सल्लाह दिए ।

बुढाले – घडेरी बाहेक अरु जमिन रोगले खाइसक्यो । त्यसैले तिमरुसँग हात फैलाउन परेको भने। तर चमडी जाला दमडी नजाला भन्ने खालका छोराहरू टकटकिए । अमिलो मन बोकेर बुढाबुढी फर्किए ।

मर्ता क्या नकर्ता भनेझैं बाबुआमाले छोराबाट अंश पाउँ भनी अनौठो मुद्दा हाले । यो मुद्दाको फैसला सुन्न विशेषत पाकाहरु उत्सुक थिए । छोराहरूले घरघडेरी श्रीमतीको दाइजो भनेर जिकिर गरे तापनि न्यायाधीशले- छुट्टिएर बसे पनि बाबुआमाप्रति छोराको नाता कायमै रहने र त्यसमाथि उहाँहरुको नाजुक स्थितिलाई मध्यनजर राख्दै दुबै छोराले आआफ्नो मासिक तलवको २५% रकम पिताको खातामा जम्मा गरेर सोको जानकारी वडालाई समेत दिनुपर्ने निर्णय सुनाए ।

अदालतको यस्तो निर्णयले पीडित पाकाहरु– हाम्रा लागि यो “नजिर ” बन्यो भनेर गदगद भएका छन् रे !

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x