साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- १२)

मैला छन् या सफा छन् तनबिच कपडा हुन्न थाहा कसैमा यस्तो तैनाथ गर्ने जनमन पर छन् बस्न छाडे सँगैमा साथै सन्तान हाम्रा अतिशय चतुरा वृद्ध सान्निध्य नाद चाहिन्छन् ख्याल गर्ने मृदुमन रसिला भन्छ देवीप्रसाद !

Nepal Telecom ad

यसो भन्छ देवीप्रसाद !!

थाक्दैनन् वृद्धवृद्धा नजरबिच हुने काममा छन् सशक्त
थाहा हुन्नन् पलामा कति छ बलबुता देख्छ खै को अशक्त ?
घाटा ता हुन्न केही कसरत गरिए स्वास्थ्यमा फाइदा छ !
तस्मात् यो वृद्धवेला समय परिधिको ख्याल ता गर्नु पर्छ !!
(५६)

बानी आफ्नो पुरानो श्रम कसरतको छोड्नलाई छ गाह्रो
सारा त्यो शक्ति भाग्यो तरपनि मनले देखिने झन् पसारो
भैँसी गाई छ भोको रहर छ दिलमा नित्य बोकेर डोको
जान्छन् बाबा चहार्दै वनबगर अझै तिर्सनाको छ पोको !!
(५७)

लौरौ टेकेर घुम्ने अझपनि जहिल्यै खेतबारी कुलामा
आमाको छैन पालो दिनपल घरका काम भान्सा चुलामा
हुन्छन् उम्दा समस्या तरपनि दिलले भित्रभित्रै दवाई
ठान्छन् बाबा मुमाले सहज अझ बनोस् नित्य सन्तानलाई !!
(५८)

साठी काटेर जान्छन् सकलजन उता वृद्धतामा विशेष
गाँजेको हुन्छ हेर्दा कठिन विषयका रोगले झन् अशेष
गर्ने यो ख्याल राम्रो अनुज जनसँगै हुन्छ दाइत्व धेर
बेलाले काट्छ नेटो त्यसपछि घरमा हुन्न पीडा लिएर !!
(५९)

मैला छन् या सफा छन् तनबिच कपडा हुन्न थाहा कसैमा
यस्तो तैनाथ गर्ने जनमन पर छन् बस्न छाडे सँगैमा
साथै सन्तान हाम्रा अतिशय चतुरा वृद्ध सान्निध्य नाद
चाहिन्छन् ख्याल गर्ने मृदुमन रसिला भन्छ देवीप्रसाद !!
(६०)

(क्रमशः)

०००
२०७९/१०/११
ताप्लेजुङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x