साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- १३)

बड्दै छन् भावनामा कलुष जहरका आँकुरा फैलिएर जाने देखिन्छ हेर्दा प्रचलित अघिको सभ्यता मैलिएर !

Nepal Telecom ad

जेठा बा यसो भन्छन्
लाग्थ्यो यो सभ्यताको गहन मुदुस हो राष्ट्र नेपाल हाम्रो
मान्थ्यो हाम्रै धराको अनुसरण कला विश्वले नित्य राम्रो
हाम्रा संस्कार झुल्ने गहन परिधिमा पस्न थाल्दै छ बाढी
आस्था भागे हराएसरह छ भवको लोक संस्कार छाडी !!
(६२)

बाबाको शब्द भाग्यो दिनपल अहिले सभ्य आमा हराए
काकी या सानिमा हुन् असल पसलमा आज आन्टी बनाए
काका हाम्रा कता छन् विरह छ दिलमा शब्दमा नै हरायो
बिर्स्यो राम्रो जिबाको अनुपम पगरी चित्त मेरो डरायो !!
(६३)

बढ्दै आए अनौठा चलन अथकका पूर्व संस्कार भागे
भन्दै राम्रो जमाना ऋषिवचन गुमे सत्यमा दाग लागे
कल्ले ल्यायो र आयो परपर भवको नीति संस्कार घारो
कस्तो हो प्रेम साट्ने दिवस नयनमा लाज लाग्ने पसारो !!
(६४)

राम्रो हो प्रेम गाथा चलन सकलमा थाम्न सक्दा सिरानी
मात्रै जोडा र तोडा वनबगर तथा पार्कमा छन् निसानी
छायाँ देखिन्छ माया जनमन सबमा नित्यता स्वार्थ माथि
काया फेर्छन् बडार्छन् युगल रहरिला मित्र आफन्त साथी !
(६५)

जालो फालेर कालो असल फल लिने बढ्न थाले बजार
फस्छन् झुट्टा कलामा कतिपय बचरा जीवनी अन्धकार
बड्दै छन् भावनामा कलुष जहरका आँकुरा फैलिएर
जाने देखिन्छ हेर्दा प्रचलित अघिको सभ्यता मैलिएर !!
(६५)
(क्रमश)

०००
२०७९/११/१
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x