साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ मेरो छातीमा

सयौँ लोभी पापी अवनि बिचमा जन्मिए बारबार जलाई त्यस्ताको सकल अभिधा चूर्ण पार्दै अँगार बनी ज्ञानी ध्यानी बहुत बलले तत्व भित्री बुझेको छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥

Nepal Telecom ad

बुढ्यौलीले गाँज्दा पनि मन कतै छैन मेरो गिरेको
बनी लोभी पापी गुट र गठमा छैन काहीँ छिरेको
अझै मेची काली पल पल छ यो याद साह्रै कुदेको
छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥१

बुढाले नै राखे यस मुलुकको धर्म संस्कार थामी
बचाए जोगाए हर तरहले आस्मिता उच्च थामी
अनेकौँ हाँसेका पलसित हरे आँसुले छन् रुझेको
छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥२

बसेको चौतारी घर नजिकको खास मैले रचेको
चिनी ढुङ्गे गाह्रो बगर बिचको खेत गैह्री बचेको
यहाँ ढुङ्गो द्यौता कतिपय बने खास मैले पुजेको
छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥३

गढीगौँडा धाई शिखर बिचमा स्वणर्-किल्ला बनाई
गरी सारा वैरी क्षय विजयको याम ज्यादा मनाई
बचाएको पाटो बिच मनुजको देख्छु श्रद्धा कुँजेको
छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥४

सयौँ लोभी पापी अवनि बिचमा जन्मिए बारबार
जलाई त्यस्ताको सकल अभिधा चूर्ण पार्दै अँगार
बनी ज्ञानी ध्यानी बहुत बलले तत्व भित्री बुझेको
छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥५

फिका भो नेपाली पन मनुजको आँतमा वीरताको
निशानी मेटेझैँ महशुष भयो पौरखी त्यो कथाको
यहाँका अन्यायी उपर अहिले खै युवाले जुधेको ?
छ मेरो छातीमा अधिक ममता देशको नै सुझेको ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x